नबिल बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । बैंकको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले ४० औं वार्षिक साधारण सभा डाकेको हो । उक्त सभा मंसिर २७ गते आयोजना हुनेछ । उक्त सभामा गत आर्थिक वर्ष २०८०/८१ सम्मको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत नगद लाभांश(करसहित) प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । यस्तै सभामा गत आवको वित्तीय विवरणलगायतका प्रस्तावहरु पारित गरिनेछ ।
लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर १० गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ मंसिर ९ गतेसम्म कायम सेयरधनीहरुमात्रै कम्पनीको लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।