नेपालको पहिलो डिजिटल वालेट ‘आईएमई पे’ ले ‘लोड, पे, विन’ नामक योजना सार्वजनिक गरेको छ । योजना अन्तर्गत आईएमई पे प्रयोगकर्ताहरूलाई विभिन्न माध्यमद्वारा सजिलै आफ्नो आईएमई पे एपमा पैसा लोड गर्न र सहज डिजिटल भुक्तानी सुविधा अनुभव गर्न प्रोत्साहित गर्ने उद्देश्य रहेको कम्पनीले जनाएको छ ।
२० मंसिरदेखि २० पुससम्म चल्ने यस योजनामा आईएमई पेका सेवाग्राहीले विभिन्न माध्यमबाट आईएमई पे एपमा पैसा लोड गरी कुनै १ भुक्तानी गर्दा दैनिक १ जना विजेताले १ हजार रुपैयाँ बोनस रकम प्राप्त गर्न सक्नेछन् र बम्परमा ३ जना भाग्यशाली विजेताले योजना अवधिभरि आईएमई पेबाट गरेको कुल कारोबार खर्चको १०० प्रतिशत नै क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।
प्रयोगकर्ताले आईएमई पे एपमा लिंक गरिएको बैंकको खाता, अन्य बैंकको एपबाट ‘लोड टु वालेट’, कनेक्ट आईपीएस, ई/एम बैंकिङ, भिसा कार्ड र एजेन्ट्स मार्फत आईएमई पे एपमा पैसा लोड गर्न सक्नेछन् ।
यस योजनामा सहभागी हुन प्रयोगकर्ताले कम्तीमा १ हजार रुपैयाँ आईएमई पेमा लोड गर्नुपर्ने हुन्छ र मोबाइल रिचार्ज, हवाई टिकट बुकिङ, केबलकार टिकट बुकिङ, बिलहरूको भुक्तानी जस्तो कुनै पनि कारोबार गरेको हुनु पर्दछ ।
बम्पर विजेताहरूले कुल कारोबार खर्चको १०० प्रतिशत क्यासब्याक अधिकतम १० हजार रुपैयाँसम्म प्राप्त गर्न सक्नेछन् ।