जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • महाशिवरात्रिका अवसरमा चन्द्रागिरि केबलकार टिकटमा ५० प्रतिशत छुट

महाशिवरात्रिका अवसरमा चन्द्रागिरि केबलकार टिकटमा ५० प्रतिशत छुट

महाशिवरात्रिको अवसरमा चन्द्रागिरि भालेश्वर महादेव मन्दिर परिसरमा महाशिवरात्रि विशेष भक्तिमय उत्सव आयोजना हुने भएको छ।

महाशिवरात्रिमा चन्द्रागिरिमा अवस्थित भालेश्वोर महादेवको महिमालाई जोड्दै विशेष भक्तिमय उत्सव आयोजना गर्न लागिएको चन्द्रागिरि हिल्स लिमिटेडले जनाएको छ।

महाशिवरात्रिको पुरै दिन भालेश्वर मन्दिर परिसरमा विशेष भक्तिमय भजन कार्यक्रम समेत सञ्चालन हुनेछ। साथै साँझ ५ बजेपछि विशेष महाआरती हुने छ।

चन्द्रागिरि हिल्सले महाआरतीलाई लक्षित गर्दै साँझ ४ बजेदेखि ६ बजेसम्मको केबलकार टिकटमा ५० प्रतिशत प्रतिशत छुट प्रदान गर्ने जनाएको छ।

1465
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्