जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले गर्‍यो मैत्री सेवा आश्रममा खाद्यान्न वितरण

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले गर्‍यो मैत्री सेवा आश्रममा खाद्यान्न वितरण

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व ९सीएसआर० अन्तर्गत काठमाडौं जिल्लास्थित मैत्री सेवा आश्रममा खाद्यान्न सामग्री वितरण गरेको छ ।

२०७८ जेष्ठ २१ गते सम्पन्न कार्यक्रममा कम्पनीका क्षेत्रीय प्रबन्धक नरेश थापा र शाखा प्रबन्धक रोजिना मानन्धरको उपस्थितिमा खाद्यान्न सामग्री आश्रमलाई हस्तान्तरण गरिएको हो । हाल आश्रममा ३० जना जेष्ठ नागरिकले सेवा लिइरहेका छन् ।

कम्पनीले सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै आगामी दिनहरूमा शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता र विपद् व्यवस्थापनजस्ता क्षेत्रमा थप योगदान दिने लक्ष्य राखेको जनाएको छ । सानिमा रिलायन्सले नाफामुखी व्यापारसँगै सामाजिक हितलाई पनि समेट्दै जाने विश्वास व्यक्त गरेको छ । भविष्यमा यस्ता कार्यक्रमहरूलाई अझ प्रभावकारी र समुदायमैत्री बनाउने योजना रहेको कम्पनीले स्पष्ट पारेको छ ।

हाल देशभर १६९ शाखा विस्तार गरिसकेको कम्पनीको पूँजी ५ अर्बभन्दा बढी रहेको छ भने २० अर्बभन्दा बढीको लगानी परिचालित छ । त्यस्तै, कम्पनीमा हाल २० हजारभन्दा बढी अभिकर्ताहरू सक्रिय रूपमा कार्यरत छन् ।

1190
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका