जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • पाथीभरा केबलकार निर्माण तत्कालका लागि स्थगित गर्दै आन्दोलनरत पक्षलाई सरकारले वार्तामा बोलायो

पाथीभरा केबलकार निर्माण तत्कालका लागि स्थगित गर्दै आन्दोलनरत पक्षलाई सरकारले वार्तामा बोलायो

सरकारी वार्ता टोलीले पाथीभरा क्षेत्रमा केबलकार निर्माण तत्कालका लागि स्थित हुने भएको छ । सरकारले गठन गरेको वार्ता समितिले तत्काललाई केबलकार निर्माण स्थगित गर्दै आन्दोलनरत पक्षलाई वार्तामा बोलाएको हो । सरकारले गृहमन्त्रालयका सहसचिव प्रेम प्रसाद भट्टराईको संयोजकत्वमा वार्ता समिति गठन गरेको थियो । उक्त समितिले ‘नो केबलकार’ समूहको समितिसँग केही चरणमा वार्ता गरे पनि अहिले रोकिएको अवस्था छ ।

यसैबीच समितिले सोमबार केबलकार निर्माण तत्कालका लागि रोक्दै पुन: वार्ता र संवादका लागि आउन अपिल गरेको छ ।यसअघि समितिले फागुन ९ गतेपनि आन्दोलनरत पक्षलाई वार्तामा बस्न आह्वान गरेको थियो ।

ताप्लेजुङ जिल्लाको पाथिभरा क्षेत्रमा केबलकार निर्माणको क्रममा उत्पन्न समस्या र विवादलाइ वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधानका लागि सम्बन्धित सरोकारवाला आयोजना निर्माण पक्षसँग समेत समन्वय गरी आन्दोलनरत पक्षसँग वार्ता गर्न नेपाल सरकार गृह मन्त्रालयद्वारा पुस २० गते वार्ता टोली गठन गरेको थियो ।

2260
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?