जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • रिलायबल लाइफको सम्पुर्ण सूचकमा उल्लेख्य सुधार

रिलायबल लाइफको सम्पुर्ण सूचकमा उल्लेख्य सुधार

रिलायबल नेपाल लाइफले गत आर्थिक वर्ष २०७७/७८ मा खुद बीमा शुल्क आर्जन र कुल बीमा शुल्क आर्जन दुबैमा ८८ प्रतिशत भन्दा धेरैले सुधार गर्न सफल भएको छ । कम्पनीले गत आर्थिक वर्षमा २ अर्ब २५ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको हो । अघिल्लो आर्थिक वर्षमा यस्तो आर्जन एक अर्ब ५७ करोड रुपैयाँ मात्रै थियो ।

त्यस्तै कुल बीमा शुल्क आर्जन तीन अर्ब एक करोड रुपैयाँ पुर्याउन सफल भएको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो आर्जन एक अर्ब ६० करोड रुपैयाँ मात्रै थियो । बीमालेख संख्यामा भएको उल्लेख्य सुधारले पनि कम्पनीको बीमा शुल्क आर्जन बढेको हो । कम्पनीको कुल कायम बीमालेख संख्या ३६ लाख ९६ हजार रहेको छ । जवकी अघिल्लो वर्षमा १७ लाख ५१ हजार मात्रै थियो । पोलिसीका हिसावले पनि व्यवसाय दोब्बर भन्दा धेरैले बृद्धि गर्न सफल भएको हो ।

कम्पनीको मुनाफा ५.३९ प्रतिशतले मात्रै सुधार भएको छ । अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा २२ करोड ५९ लाख रुपैयाँ छ । अघिल्लो वर्षमा कम्पनीको खुद मुनाफा २१ करोड ४३ लाख रुपैयाँ थियो । एक्चुरियल मूल्याङ्कन पछि मात्रै बीमा कम्पनीको यथार्थ मुनाफा देखिन्छ । मुनाफामा सुधार सँगै कम्पनीको जगेडा कोष ३१ प्रतिशतले बढेर ८४ करोड ३५ लाख रुपैयाँ पुर्याउन सफल भएको छ । त्यस्तै जीवन बीमा कोष पनि १२० प्रतिशतले बढेर दुई अर्ब ८५ करोड रुपैयाँ पुगेको छ ।

बीमा शुल्क आर्जन बढे सँगै कम्पनीमा दिर्घकालिन दायित्व बढ्दै गएको छ । यसै क्रममा कम्पनीको दिर्घकालिन कर्जा तथा लगानी पनि ११६ प्रतिशतले बढेको छ । कम्पनीले विभिन्न क्षेत्रमा तीन अर्ब ९३ करोड रुपैयाँ दिर्घकालिन लगानी गरेको छ । त्यस्तै बीमितले बीमालेख धितोमा राखेर लिने कर्जा पनि यस वर्ष साढे ५ गुणा भन्दा धेरैले बढेको छ । बीमितले आफ्नो बीमालेख धितोमा राखेर ६ करोड २८ लाख रुपैयाँ कर्जा लिएका छन् ।

कम्पनीको व्यवस्थापन खर्च ६७ प्रतिशतले बढेर ५ करोड १८ लाख रुपैयाँ पुगेको छ । गत वर्ष दाबी भुक्तानी १२३ प्रतिशतले बढेको देखिन्छ । कम्पनीले ६७ करोड ९८ लाख रुपैयाँ दाबी भुक्तानी फर्छ्यौट गरेको छ । अभिकर्ता कमिसन पनि ६९ प्रतिशतले बढेको छ ।

2015
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका