Sticky Breaking News
बीमा कम्पनीका कर्मचारीको तलब भत्ता डरलाग्दोः सबैभन्दा बढि हिमालयन लाईफ, दोस्रो नेपाल लाईफ, तेस्रो सूर्यज्योती लाईफ, चौथो नेशनल लाईफ इन्स्योरेन्स !


जीवन र निजीवन बीमा कम्पनीका कर्मचारीहरुको तलब भत्ता डरलाग्दो मात्रै छैन शेयरधनी र प्रमोटरहरुले पाउने लाभाशं भन्दा चर्को छ भन्दा अव फरक पर्दैन । जीवन र निर्जीवन बीमा कम्पनीहरुले आफ्ना कर्मचारीहरुलाई चालु आर्थिक बर्षको पुषसम्म ५ अर्ब ६० करोड तलब भत्ता दिएको भेटिएको छ । सबैभन्दा बढि तलबभत्ता हिमालयन लाईफ इन्स्योरेन्स कम्पनीले दिएको छ भने दोस्रोमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनी छ । तेस्रोमा सुर्यज्योती लाइफ इन्स्योरेन्स कम्पनी छ । चौथोमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी छ भन्दा अब चाहि फरक पर्दैन ।
नेपालमा सञ्चालित बीमा कम्पनीहरुले आफ्ना कर्मचारीलाई चालु आर्थिक वर्षको पुष मसान्तसम्मको अवधिमा कुल पाँच अर्ब ६० करोड रुपैयाँ बराबरको तलव भत्तासहितको सेवा सुविधा दिएको भेटिएको छ । कम्पनीहरुले प्रकाशित गरेको दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण अनुसार १४ जीवन बीमा कम्पनी, १४ निर्जीवन बीमा कम्पनी र सात वटा लघु बीमा कम्पनीमा कार्यरत ११ हजार ४९८ कर्मचारीहरुको सेवा–सुविधामा उक्त रकम खर्च भएको देखिन्छ ।
अधिकाशं कम्पनीहरुले भ्रमण र तालिममा चर्को खर्च गरेको देखिन्छ भन्दा फरक पर्दैन ।
समीक्षा अवधिमा जीवन बीमा कम्पनीहरुले कर्मचारीहरुको लागि तीन अर्ब १२ करोड ११ लाख रुपैयाँ खर्च गरेका छन् ।
कम्पनीहरुले आफ्ना कर्मचारीहरुलाई विभिन्न तालिम, भ्रमण, बोनश, पारीश्रमिक लगायतका अन्य सेवा सुविधा प्रदान गर्न सो रकम खर्च गर्ने गरेका छन् । बीमा कम्पनीहरुले कर्मचारीलाई विभिन्न वार्षिक, अर्धवार्षिक समीक्षा तथा बिजनेश मिटिङ गर्न पनि उक्त रकम खर्च गर्ने गरेको देखिन्छ । अधिकाशं कम्पनीहरुले भ्रमण र तालिममा चर्को खर्च गरेको देखिन्छ भन्दा फरक पर्दैन ।
समीक्षा अवधिमा जीवन बीमा कम्पनीहरुले कर्मचारीहरुको लागि तीन अर्ब १२ करोड ११ लाख रुपैयाँ खर्च गरेका छन् । हाल १४ जीवन बीमा कम्पनीहरुमा कुल पाँच हजार ८ सय १८ जना कर्मचारी सक्रिय रहेका छन् । गत आवको तुलनामा कम्पनीहरुको कर्मचारी खर्च ७ प्रतिशतले बृद्धि भएको छ ।
नेपाल लाइफ इन्स्योरेन्सको ३६ करोड ५६ लाख रुपैयाँ, सूर्यज्योति लाइफ इन्स्योरेन्सको ३२ करोड ८९ लाख रुपैयाँ, नेशनल लाइफ इन्स्योरेन्सको २४ करोड ६५ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफ इन्स्योेरेन्सको २३ करोड पाँच लाख रुपैयाँ कर्मचारी खर्च रहेको छ ।

जीवन बीमा कम्पनीहरुमध्ये हिमालयन लाइफ इन्स्योरेन्सको कर्मचारी खर्च ४७ करोड २४ लाख रुपैयाँले सबैभन्दा बढी रहेको छ । कम्पनीको कर्मचारी खर्च गत आवको तुलनामा ९.९८ प्रतिशतले बृद्धि भएको छ । नेपाल लाइफ इन्स्योरेन्सको ३६ करोड ५६ लाख रुपैयाँ, सूर्यज्योति लाइफ इन्स्योरेन्सको ३२ करोड ८९ लाख रुपैयाँ, नेशनल लाइफ इन्स्योरेन्सको २४ करोड ६५ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफ इन्स्योेरेन्सको २३ करोड पाँच लाख रुपैयाँ कर्मचारी खर्च रहेको छ । यस अवधिमा आइएमई लाइफ इन्स्योरेनसको कर्मचारी खर्च गत आवको तुलनामा ३९.६४ प्रतिशतले सर्वाधिक बृद्धि भएको छ । यता, ११ जीवन बीमा कम्पनीहरुको कर्मचारी बढेको छ भने, तीन वटाको घट्न पुगेको वित्तीय विवरणले देखाएको छ ।
समीक्षा अवधिमा निर्जीवन बीमा कम्पनीहरुमध्ये सगरमाथा लुम्बिनी इन्स्योरेन्सको कर्मचारी खर्च २६ करोड २३ लाख रुपैयाँले सबैभदा बढी रहेको छ ।
निर्जीवन बीमा कम्पनीहरुले कर्मचारी खर्च वापत समीक्षा अवधिमा दुई अर्ब ३२ करोड २५ लाख रुपैयाँ छुट्याएका छन्। नेपाल बीमा प्राधिकरणका अनुसार हाल निर्जीवन बीमा कम्पनीमा कार्यरत पाँच हजार ६ सय ८० जना कर्मचारीको सेवा सुविधका लागि सो रकम छुट्याएको हो । समीक्षा अवधिमा निर्जीवन बीमा कम्पनीहरुमध्ये सगरमाथा लुम्बिनी इन्स्योरेन्सको कर्मचारी खर्च २६ करोड २३ लाख रुपैयाँले सबैभदा बढी रहेको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र शिखर इन्स्योरेन्सको कर्मचारी खर्च २५ करोड रुपैयाँ रहेको छ। साथै, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सको २१ करोड ५७ लाख रुपैयाँ, नेको इन्स्योरेन्सको १९ करोड एक लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सको १८ करोड १८ लाख रुपैयाँ रहेको छ ।
हाल सञ्चालनमा रहेका सात वटा लघु बीमा कम्पनीहरुले कर्मचारी खर्च बापत १५ करोड ६३ लाख रुपैयाँ छुट्याएका छन्। जसमा क्रेष्ट माइक्रो लाइफको कर्मचारी खर्च दुई करोड ७० लाख रुपैयाँ रहेको छ ।
यस अवधिमा ८ वटा कम्पनीको कर्मचारी खर्च बढेको छ । सबैभन्दा बढी कर्मचारी खर्च बढाउनेमा सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी रहेको छ । यस कम्पनीको कर्मचारी खर्च गत आवको तुलनामा ६२.४० प्रतिशतले बृद्धि भएको वित्तीय विवरणले देखाएको छ । साथै, हाल सञ्चालनमा रहेका सात वटा लघु बीमा कम्पनीहरुले कर्मचारी खर्च बापत १५ करोड ६३ लाख रुपैयाँ छुट्याएका छन्। जसमा क्रेष्ट माइक्रो लाइफको कर्मचारी खर्च दुई करोड ७० लाख रुपैयाँ रहेको छ । तलब भत्ता देखि भ्रमण खर्च गरेका कम्पनीहरुले शेयरधनी र प्रमोटरहरुलाई भने १० प्रतिशत पनि लाभाशं दिन सकेका छैनन् भन्दा फरक पर्दैन । सचेत भया ।
