जोडिनुहोस
शुक्रबार, असार १९, २०८३
शुक्रबार, असार १९, २०८३
  • होमपेज
  • राष्ट्र बैंक कर्मचारी संघले उठायो कावा गभर्नरको क्षमतामाथि प्रश्न

राष्ट्र बैंक कर्मचारी संघले उठायो कावा गभर्नरको क्षमतामाथि प्रश्न

गभर्नरका प्रत्याशी नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.गुणाकर भट्टको राजीनामा स्वीकृत नगरेको भन्दै राष्ट्र बैंककै कर्मचारी रुष्ट बनेका छन्। नेपाल वित्तीय कर्मचारी संघले विज्ञप्ति निकालेर राजीनामा रोकेको भन्दै विरोध जनाएको हो।

उनीहरूले कायममुकायम गभर्नर डा. नीलम ढुंगानाप्रति आक्रोश पोखेका हुन्। मंगलबार संघले विज्ञप्ति जारी गर्दै राजीनामा स्वीकृत गर्न कामु गभर्नर ढुंगानासँग माग गरेको छ। संघले एक महिना बैंक गभर्नरविहीन भएको अवस्थामा पनि प्रत्याशीको राजीनामा स्वीकृत नगरी नियुक्ति प्रक्रियालाई लम्ब्याउनु गलत भएको उल्लेख गरिएको छ।

‘गभर्नरका दाबेदार वर्तमान कार्यवाहक नेतृत्वबाट एक जना कर्मचारीको राजीनामा समेत स्वीकृत गर्न नसक्नुले नेतृत्वको क्षमतामाथि नै प्रश्न उठेको छ’, विज्ञप्तिमा भनिएको छ। कामु डा. ढुंगानाको क्षमतामा प्रश्न उठाउँदै संघले नेपालको श्रम ऐन धारा २९ , श्रम ऐन २०७४, सुशासन नियमावली २०६५ र नेपाल राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली २०६८ को ठाडो उल्लंघन गरेको विज्ञप्तिमा उल्लेख छ।

1985
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका