
नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकाको सुरक्षा व्यवस्था अभिवृद्धि गर्ने उद्देश्यले सीसीटीभी हस्तान्तरण गरेको छ ।
बैंकका कोशी प्रदेश प्रमुख रबिन घिमिरेले नगरपालिकाका उपमेयर मनिकादेवी दुलाललाई एक कार्यक्रमका बीच उक्त सामग्रीहरू हस्तान्तरण गरे ।
कार्यक्रममा बैंक तथा नगरपालिकाका अन्य कर्मचारीको पनि उपस्थिति रहेको थियो ।
बैंकले समुदाय स्तरमा यस किसिमको कार्यक्रम समय समयमा गर्दै आइरहेको छ ।
विगत ३१ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आइरहेको बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखारहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटीएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार









































































