जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • सिटिजन्स क्यापिटलको सदाबहार योजना बिक्री खुला, यसरी दिन सकिन्छ आवेदन

सिटिजन्स क्यापिटलको सदाबहार योजना बिक्री खुला, यसरी दिन सकिन्छ आवेदन

सिटिजन्स क्यापिटलले आज असार १३ गतेदेखि सिटिजन्स सदाबहार योजना बिक्री खुला गरेको छ । क्यापिटलले सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सिटिजन्स सदाबहार योजना खुलामुखि योजना निष्काशन तथा बिक्री खुला गरेको हो ।

कम्पनीले प्रति इकाई १० रुपैयाँ अंकित मूल्य दरका ५ करोड इकाई बिक्री गरेको हो । जसमध्ये १५ प्रतिशत अर्थात् ७५ लाख इकाई कोष प्रवर्धक सिटिजन्स बैंक र बाँकी ४ करोड २५ लाख इकाई सर्वसाधारण लगानीकर्ताहरूका लागि बिक्री खुला गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीको म्युचुअल फण्डमा लगानीकर्ताहरूले न्यूनतम १०० इकाईदेखि ५० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । फण्डको इकाईमा असार १७ गतेसम्म आवेदन दिन सकिनेछ । यदि उक्त समयमा सबै इकाई बिक्री नभए असार २७ गतेसम्म आवेदन दिने समय लम्बिनेछ ।

कम्पनीको म्युचुअल फण्ड निष्काशन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल रहेको छ । लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङ्गले सञ्चालनमा ल्याएको मेरो सेयरमार्फत् फण्डमा आवेदन दिन सक्नेछन् ।

1210
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका