जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • एनआईएमबि नेपालपे कार्डमा आबद्ध, डोमेस्टिक कार्ड सञ्चालनमा

एनआईएमबि नेपालपे कार्डमा आबद्ध, डोमेस्टिक कार्ड सञ्चालनमा

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबि) नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँगको सहकार्यमा नेसनल कार्ड स्वीच (एनपीएस-एनसीएस) तथा नेपालपे कार्ड मा आबद्ध भएको छ । यस सन्दर्भमा दुबै संस्थाबीच प्रिन्सिपल मेम्बरशिपका लागि सम्झौता सम्पन्न भएको हो ।

सम्झौतामा एनआईएमबिका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।

एनपीएस-एनसीएस पूर्वाधारको तयारी पूरा भएसँगै एनसीएचएलले बैंक तथा वित्तीय संस्थाहरूलाई नेपालकै आफ्नै डोमेस्टिक कार्ड स्कीम-नेपालपे कार्ड-इस्यु र अक्वायर गर्न आग्रह गरेको छ । कमर्सियल रोलआउट पश्चात, एनआईएमबिले आफ्ना ग्राहकहरूलाई नेपालपे कार्ड इस्यु गर्ने र प्रयोग गराउने सुविधा उपलब्ध गराउनेछ ।

एनपीएस-एनसीएस प्रणालीले विभिन्न कार्ड स्विचहरू बीच अन्तरसम्बन्ध स्थापित गर्दै कार्ड कारोबारको राउटिङ्ग, सेटलमेन्ट र डेटा लोकलाइजेसन मा सघाउ पुर्याउनेछ । यसले कार्ड कारोबारको लागत घटाउने, प्रविधिमा आत्मनिर्भरता बढाउने र डिजिटल भुक्तानी प्रणालीलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

एनसीएचएल हाल ५४ भन्दा बढी बैंक तथा वित्तीय संस्था, विभिन्न पीएसओरपीएसपी तथा सयभन्दा बढी गैर-बैंक सदस्यहरूमार्फत विभिन्न डिजिटल भुक्तानी प्रणालीहरू सञ्चालन गरिरहेको छ । नेपालपे कार्डको प्रयोगले नेपालकै कार्ड इकोसिस्टममा ऐतिहासिक मोड ल्याउने विश्वास बैंक र एनसीएचएलले व्यक्त गरेका छन् ।

705
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका