जोडिनुहोस
शनिबार, असार २०, २०८३
शनिबार, असार २०, २०८३
  • होमपेज
  • बैंक खातामा रकम भएपश्चात मात्रै कारोबार हुने व्यवस्था गर्ने सेबोनको घोषणा

बैंक खातामा रकम भएपश्चात मात्रै कारोबार हुने व्यवस्था गर्ने सेबोनको घोषणा

धितोपत्र बोर्डले दोस्रो बजारबाट लगानीकर्ताले सेयर खरिद गर्दा बैंक खातामा रकम भएपश्चात मात्रै कारोबार हुने व्यवस्था गर्ने घोषणा गरेको छ ।
बोर्डले आज आर्थिक वर्ष २०८२/८३ का लागि धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो ।

हाल लगानीकर्ताहरुले २५ प्रतिशत अग्रिम भुक्तानी बुझाएर शतप्रतिशत सेयर कारोबार गर्दै आएका छन् । अब भने धितोपत्र बोर्डले यो व्यवस्था अघि बढाएमा आफूसँग भएको रकमबराबरको मात्रै सेयर कारोबार गर्न पाउनेछन् ।

धितोपत्र बोर्डले भनेको छ,‘दोस्रो बजारबाट धितोपत्र खरिद गर्दा खरिदकर्ताको बैंक खातामा रकम भएपश्चात मात्र कारोबार हुने व्यवस्था गरिनेछ ।’

1550
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका