जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको कार्यकारी निर्देशकमा राणा नै किन ?

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको कार्यकारी निर्देशकमा राणा नै किन ?

नेपाल सरकारले काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको कार्यकारी निर्देशकमा डा.सञ्जिव विक्रम राणालाई थप ५ वर्षका लागि हालै नियुक्त गरेको छ । राणा विगत लामो समय देखि नै खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक नै थिए । काठमाडौं उपत्यकामा खानेपानी भित्र्याउन विगत लामो समयदेखि लागि परेका राणाको नियुक्तीले मेलम्ची खानेपानीले चाडै उपत्यका प्रवेश पाउने देखिन्छ ।

उपत्यका खानेपानीलाई व्यवस्थीत गर्न र मेलम्ची भित्र्याउन राणाले खेल्दै आएको भूमिकाबाट सरकारले उहाँलाई पुन ५ वर्ष कार्याकार िनिर्देशकमा नियुक्त गरेको स्रोतको दाबी छ ।

काठमाडौं उपत्यका खानेपानी ब्यवस्थापन बोर्डको कार्यकारी निर्देशकमा डा. सञ्जिव विक्रम राणा पुनस् नियुक्त भएका छन् । बोर्डको कार्यकारी निर्देशक छनोट सिफारिस समितिले चार जनालाई ’सर्टलिस्ट’ गरेको थियो ।
बोर्डले गत चैत ६ गते सार्वजनिक सूचना जारी गरेर कार्यकारी निर्देशक माग गरेको थियो । सिफारिस समितिको ४ गतेको निर्णयअनुसार कार्यकारी निर्देशकमा राणा छनोट भएका हुन् । वैकल्पिक उमेद्वारमा अर्जुनबाबु ढकालको नाम सिफारिस गरिएको थियो ।

बोर्डले आजै शुक्रबार सूचना जारी गरेर सात दिनभित्र नियुक्ति पत्र बुझ्न भनेको छ ।
सिफारिस समितिले ढकाल, राणाका साथै सुदर्शन भण्डारी र सुरेशप्रसाद आचार्यको नाम पनि सिफारिस गरेको थियो । उनीहरुसँग ब्यवसायिक कार्य योजनाको प्रस्तुति र अन्तर्वार्ता गरिएको थियो । राणाले पुन नियुक्ती पाउदा यस क्षेत्रका विज्ञहरुले खुशी व्यक्त गरेका छन् ।

11690
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका