जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • एड्भान्स्ड अटोमोबाइल्सले ल्यायो “रेनो शुभ कार–रम्भ” योजना

एड्भान्स्ड अटोमोबाइल्सले ल्यायो “रेनो शुभ कार–रम्भ” योजना

नेपालमा रेनो गाडीहरुको अधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्सले आफ्नो विशेष चाड योजना “रेनो शुभ कार–रम्भ” को शुरुवात गरेको छ ।  ट्यागलाइन “चाडपर्वको शुभ शुरुवात, गरौँ रेनोको साथ” सँगै यो योजना दशैं–तिहार २०७८ को पावन अवसरमा थुपै्र पाइने फाइदाको साथ आएको छ ।   

रेनो गाडीको खरिदमा ग्राहकहरुले नगद ३ लाख रुपैयाँसम्मको कुल फाइदा प्राप्त गर्न सक्ने छन् । ग्राहकहरु यस योजना अन्तर्गत सजिलो फाइनान्स, १ वर्षको निः शुल्क सडक कर, २ वर्षको लागी निःशुल्क सर्भिसिंग र ५ बर्ष सम्म वारेन्टी जस्ता सेवाहरुबाट लाभान्वित हुनेछन् । 

यी आकर्षक अफरहरु ग्राहकको खुशीका महत्वपूर्ण पलहरु हुने छन् । किनकि यसले एकातिर ग्राहकहरुलाई उत्कृष्ट लाभ प्रदान गर्दछन् भने अर्कातिर ग्राहकहरुले आफ्ना हरेक दिनलाई नयाँ रेनो कारहरुका साथ अद्भुत बनाउन सक्दछन् ।

यो उत्सवको मौसममा रेनो कारको खरिदका साथ ग्राहकहरुले आनन्द प्राप्त गर्न सक्नुहुनेछ र सदा समृद्धि सँंग आफ्नो जीवन शैलीलाई सजाउन सक्नेछन् । साथै, यो योजना रेनो डस्टर, रेनो काइगर, रेनो ट्राइबर र रेनो क्विड जस्ता रेनोका सबै भेरियन्टका गाडीहरुमा उपलब्ध रहनेछ । 

6235
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका