जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • डिसहोमको नयाँ अफर : हरेक साता १४ जनालाई १ वर्ष निःशुल्क इन्टरनेट

डिसहोमको नयाँ अफर : हरेक साता १४ जनालाई १ वर्ष निःशुल्क इन्टरनेट

डिसहोमले आफ्ना इन्टरनेट ग्राहकका लागि ‘खुसीको बोनस-३६५ दिन नै बोनस’ अफर सार्वजनिक गरेको छ ।

यस अफर अन्तर्गत वार्षिक नयाँ इन्टरनेट जोड्ने वा रिचार्ज गर्नेमध्येबाट हरेक साता १४ जनाले सित्तैँमा ३ सय ६५ दिनको इन्टरनेट सेवा पाउने भएका छन् ।

त्यस्तो १४ विजेतामध्ये १० जना वार्षिक नयाँ इन्टरनेट जडान गर्नेमध्ये र बाँकी ४ जना हालका वार्षिक रिचार्ज गर्ने ग्राहकमध्येबाट छनोट गरिने डिसहोमले जनाएको छ ।

विजेताको घोषणा हरेक साता शुक्रबार साँझ ५ बजे हुने र नभए आइतबार साँझ ५ बजे हुने डिसहोमले जानकारी दिएको छ । रिचार्जका लागि खल्ती, ई-सेवा वा माइडिसहोम एप प्रयोग गर्न सकिने छ ।


डिसहोमको उपलब्ध वार्षिक प्योकजमा १०० एमबीपीएसका लागि ८ हजार ५ सय रुपैयाँ, २०० एमबीपीएसका लागि ११ हजार ५०० र ३०० एमबीपीएसका लागि १३ हजार ५ सय ५० रुपैयाँ भ्याटसहित वार्षिक रकम लाग्ने छ । नयाँ जडानका लागि भ्याटसहित थप १ हजार १ सय ३० रुपैयाँ लाग्ने कम्पनीले जनाएको छ ।

730
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका