जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • माछापुच्छ्रे क्यापिटलले ५ प्रतिशत नगद लाभांश दिने

माछापुच्छ्रे क्यापिटलले ५ प्रतिशत नगद लाभांश दिने

माछापुच्छ्रे क्यापिटल लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
साउन ७ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशतका दरले रु १ करोड ४३ लाख १६ हजार ९७५ नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

कम्पनीले लाभांश प्रस्ताव पारित गर्नका लागि भदौ ६ गते, काठमाडौंको बालुवाटारमा दिउँसो १२:३० बजे छैठौं वार्षिक साधारणसभा आह्वान गरेको छ।

सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, तथा असार मसान्तसम्मको वित्तीय विवरण पारित गरिनेछ।

यस्तै, आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण, साथै संस्थापक सेयरधनी समूहबाट एक जना सञ्चालकको निर्वाचन समेत एजेन्डामा समावेश गरिएको कम्पनीले जनाएको छ।

1690
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?