जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • प्रि-आइपीओका नाममा प्रिमियममा पैसा उठाउने धन्दाबारे बोल्यो सेबोन

प्रि-आइपीओका नाममा प्रिमियममा पैसा उठाउने धन्दाबारे बोल्यो सेबोन

नेपाल धितोपत्र बोर्ड(सेबोन)ले आफ्नो अनुमतिविना सेयर खरिद बिक्री गर्न नपाइने भन्दै प्रि-आइपीओको कारोबारमा सहभागी नहुन लगानीकर्तालाई आग्रह गरेको छ। बिजमाण्डूले सोमबार ‘युनिटी र सहकारीपछि ‘प्रि-आइपीओ’ को नाममा अर्को ‘स्क्याम’, आइपीओको टुंगो छैन, प्रिमियममा पैसा उठाउँदै’ समाचार प्रकाशित गरेपछि सेबोनले सूचना निकालेर लगानीकर्तालाई सचेत हुन भनेको हो।

‘सार्वजनिक निष्कासन नभएका विभिन्न संगठित संस्थाहरुको सेयर प्रि-आइपीओका नाममा सामाजिक संजाल, इमेल तथा एसएमएसमार्फत निकट भविष्यमा नै सार्वजनिक निष्कासन गरिने भन्दै सर्वसाधारणलाई खरिद गर्न प्रस्ताव गरी अनाधिकृत रुपमा पैसा उठाइरहेकोले उक्त कार्य तत्काल रोक्न लगानीकर्ताबाट गुनासो प्राप्त भएको सन्दर्भमा यस विषयमा बोर्डको गम्भिर ध्यानाकर्षण भएको छ,’ सेबोनले भनेको छ, ‘धितोपत्र सम्बन्धी ऐनले गरेको व्यवस्था विपरीतका यस्ता कार्य दण्डनीय भएकोले यस्ता क्रियाकलापमा संलग्न नहुन सबैलाई सजग गराउँदै सम्पूर्ण लगानीकर्तालाई यस्ता कार्यमा सहभागी नहुन बोर्ड अनुरोध गर्दछ।‘

सेबोनले आफूले आइपीओ निष्कासनको अनुमति नदिएको अवस्थामा सेयर खरिद बिक्री सम्बन्धी कार्य नगराउन भनेको छ।

‘प्रचलित कानुनमा प्रि-आइपीओ सम्बन्धी कुनै व्यवस्था नरहेको र धितोपत्र सम्बन्धी ऐनमा संगठित संस्थाले एक पटकमा पचास जनाभन्दा बढीलाई धितोपत्र विक्री वितरण गर्ने भएमा त्यस्तो धितोपत्र विक्री वितरणको निमित्त सार्वजनिक निष्कासन गर्नु पर्नेछ भन्ने व्यवस्था रहेको व्यहोरा सबैमा जानकारी गराउँदै बोर्डबाट अनुमति प्राप्त नगरी सार्वजनिक रुपमा संगठित संस्थाको सेयर खरिद विक्री सम्बन्धी कार्य नगर्न नगराउन सूचित गरिन्छ,’ सेबोनले भनेको छ।

कम्पनीको आइपीओ आउने कुनै टुंगो नभए पनि एकको पाँच बनाउने भन्दै प्रि-आइपीओ बैनाबैनामा कारोबार भइरहेको छ। सेबोनले प्रि-आइपीओको कानुनी व्यवस्था नरहेको सूचना निकाले पनि यो धन्दा सेबोनको नेतृत्व सन्तोषनारायण श्रेष्ठले सम्हालेपछि मौलाएको हो।

सन्तोषनारायणले लाइसेन्स दिन चाहेको हिमालयन स्टक एक्सचेन्जले समेत प्रि-आइपीओका नाममा पैसा उठाएकामा केही लगानीकर्ताले अहिले फिर्ता माग्न थालेका छन्।

आइपीओ निष्कासन नगरेका कम्पनीहरुको प्रि-आइपीओका नाममा पैसा उठाउने काम भएकोमा ध्यानाकर्षण भएको सेबोनले जनाएको छ।

660
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका