जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • नाडाले सुनिल रिजाललाई कार्यसमिति सदस्यबाट हटायो

नाडाले सुनिल रिजाललाई कार्यसमिति सदस्यबाट हटायो

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले सुनिल रिजाललाई कार्यसमिति सदस्यबाट बर्खास्त गरेको छ। आज बसेको कार्यसमिति बैठकले रिजाललाई कारबाही गर्दै निकालेको हो।

नाडामा पछिल्लो समय आन्तरिक विवाद उत्कर्षमा छ। अध्यक्ष करण चौधरीको कार्यशैली प्रति असन्तुष्टी जनाउँदै पदाधिकारी तथा कार्यसमिति सदस्यहरुले ‘नोट अफ डिसेन्ट’ दर्ता गराएका थिए। त्यसमा हस्ताक्षर गर्नेमा सुनिल रिजाल पनि थिए।

‘नोट अफ डिसेन्ट’ मा कार्यसमितिले आफ्नो कार्यकाल चार महिना मात्र बाँकी रहेको अवस्थामा साधारण सभालाई ‘बाइपास’ गरी विशेष साधारण सभा बोलाएर आफ्नो कार्यकाल लम्ब्याउने उद्देश्य राखेको आरोप लगाइएको थियो। उनीहरुले भदौ ८ गतेको कार्यसमिति बैठकको निर्णयप्रति असहमति जनाएका थिए।

हस्ताक्षर गर्ने अन्य कार्यसमिति सदस्यबारे भने केही भनिएको छैन।

यस्तै, महासंघ बनाउन विशेष साधारण सभा बोलाउने भन्ने बारेमा पनि आजको बैठकमा केही निर्णय हुन सकेन।n

1775
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो कि?