जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • बडा दशैंको उपहार’का नाममा ठगी धन्दा

बडा दशैंको उपहार’का नाममा ठगी धन्दा

नबिल बैंकले आफ्ना ग्राहकहरूलाई नक्कली वेबसाइट र सामाजिक सञ्जालमार्फत फैलिरहेको भ्रमपूर्ण सूचना सम्बन्धमा सचेत गराएको छ। बैंकका अनुसार केही नक्कली प्लेटफर्महरूले बैंकको नाम दुरुपयोग गरी पुरस्कारजस्ता झूटा आर्थिक लाभको आशामा ठगी वा फिसिङ गर्ने उद्देश्यका सूचना प्रचार गर्दै आएका छन्।

बैंकले ग्राहकहरूलाई यस्तो सूचना वा वेबसाइटमा विश्वास नगर्न अनुरोध गर्दै कुनै पनि जानकारीको लागि केवल आधिकारिक वेबसाइट www.nabilbank.com र nbank.nabilbank.com मा मात्र भरोसा गर्न आग्रह गरेको छ।

अत्यावश्यक परेमा बैंकको ग्राहक सेवा केन्द्र ०१-५९७००१५ वा [email protected] मा सम्पर्क गर्न सकिने जानकारी पनि बैंकले दिएको छ।

पछिल्लो समय समाजिक सञ्जालमा नबिल बैंकको नाम प्रयोग गरी बडा दशैंको उपहार भन्दै लिङ्क शेयर भइरहेको देखिएको छ । जसमा क्लिक गर्दा ग्राहकका बैंक खाता लगायतका गोप्य सामाग्री असुरक्षीत हुन सक्छन् ।



1545
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?