जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • यी हुन् फिर्ता बोलाइएका ११ राजदूतहरू

यी हुन् फिर्ता बोलाइएका ११ राजदूतहरू

सरकारले केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका विभिन्न ११ देशका नेपाली आवासीय राजदूतहरूलाई फिर्ता बोलाएको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

उनका अनुसार सरकारले चीन, जर्मनी, मलेसिया, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, संयुक्त अधिराज्य, संयुक्त राज्य अमेरिका र जापानका लागि नेपाली आवासीय राजदुतहरूलाई फिर्ता बोलाएको हो । फिर्ता बोलाइएको आवासीय राजदुतहरुले अगामी २० कात्तिकसम्म नेपाल फर्किसक्नुपर्ने पनि उनले बताए ।

चीनमा राजदूत कृष्णप्रसाद ओली, जर्मनीमा शैल रुपाखेती, इजरायलमा धनप्रसाद पण्डित, मलेसियामा डा. नेत्रप्रसाद तिमल्सिना, कतारमा रमेशचन्द्र पौडेल, रुसमा जंगबहादुर चौहान, साउदी अरबमा नरेशविक्रम ढकाल, स्पेनमा शनिल नेपाल, बेलायतमा चन्द्रकुमार घिमिरे, अमेरिकामा लोकदर्शन रेग्मी र जापामा डा. दुर्गाबहादुर सुवेदी राजदूत थिए । सरकारले भारतका लागि नेपाली आवासीय राजदूतलाई भने फिर्ता बोलाएको छैन ।

335
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका