जोडिनुहोस
शुक्रबार, मंसिर २०, २०८२
शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • प्रभु बैंकको ४ लाख २२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

प्रभु बैंकको ४ लाख २२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

प्रभु बैंक लिमिटेडले विभिन्न १० जना संस्थापक शेयरधनीहरूको नाममा रहेको ४ लाखभन्दा बढी संस्थापक शेयर आम सर्वसाधारणका लागि बिक्रीमा राखेको छ ।

बैंकले संस्थापक शेयरधनीहरूको स्वामित्वमा रहेको ४ लाख २२ हजार ८०७ कित्ता संस्थापक शेयर सोमबारदेखि बिक्री खुला गरेको हो ।

यसअघि बैंकले विद्यमान संस्थापक शेयरधनीका लागि ३५ दिने सूचना प्रकाशित गरी शेयर बिक्रीका लागि प्रस्ताव गरेको थियो । तर सो अवधिभित्र कुनै पनि आवेदन नआएपछि अब यी शेयरहरू आम सर्वसाधारणका लागि खुला गरिएको बैंकले जनाएको छ ।

इच्छुक लगानीकर्ताले नेपाल राष्ट्र बैंकले तोकेको फिट एण्ड टेष्ट मापदण्ड पूरा हुने आवश्यक कागजातहरू सहित सूचना प्रकाशित भएको मितिदेखि १५ दिनभित्र आवेदन दिन सक्ने बताइएको छ । आवेदन बबरमहलस्थित प्रभु बैंकको केन्द्रीय कार्यालयमा बुझाउनुपर्ने उल्लेख छ ।

415
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका