
अब आलु खेती पनि इन्स्योरेन्सको दायरामा आएको छ। नेपाल बीमा प्राधिकरणले तरकारी खेती बीमालेखको अनुसूचीमा आलु खेतीलाई पनि थपेको छ।
प्राधिकरणले तरकारी खेती बीमालेखमा आलु खेती छुट्न गएको भन्दै थपेको हो। प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरुलाई बीमा लेख अनुसार आलु खेतीको बिमाङक निर्धारण गर्न भनेको छ।
‘प्राधिकरणबाट जारी भएको तरकारी खेती बीमालेख (उत्पादनमा आधारित) को अनुसूची १ मा तरकारी बाली सम्बन्धी व्यवस्था छ। उल्लेखित बीमालेखको अनुसूची १ मा आलु खेती बीमालेखको विवरण छुट हुन गएकोले अनुसूचीमा तपसिलमा उल्लेख भए बमोजिम क्र.सं. १० देखि १०.६ बमोजिमको आलुको विवरण समावेश गरिएको हुँदा सोही बमोजिम आलु खेती बीमालेखको बीमाङक निर्धारण गर्न, गराउन हुन निर्णयानुसार जानकारी गराइन्छ,’ प्राधिकरणले भनेको छ।

सम्बन्धित समाचार
लोकप्रिय समाचार










































































