जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • नाडालाई महासंघ बनाउने नाडा कार्यसमितिको निर्णय, पुस ९ गते साधारण सभा

नाडालाई महासंघ बनाउने नाडा कार्यसमितिको निर्णय, पुस ९ गते साधारण सभा

अटो व्यवसायीहरुको साझा संगठन नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको कार्यसमित बैठकले नाडालाई महासंघ बनाउने निर्णय गरेको छ।

नाडाको सोमबार बसेको २४ औं केन्द्रिय कार्यसमितिको बैठकले नाडालाई महासंघ बनाउने प्रस्ताव साधारण सभामा लैजाने निर्णय गरेको हो। उक्त निर्णय गर्न नाडाका ८० प्रतिशत कार्यसमिति सदस्यहरु उपस्थित थिए।

नाडाको कार्यसिमित बैठकले नाडाको ४९ औं वार्षिक साधारण सभा पुस ९ गते गर्ने तय पनि गरेको छ।

यसअघि पनि नाडालाई महासंघ बनाउने प्रस्ताव गरेर विशेष साधारण सभा गर्ने मिति समेत तय भएको थियो। नाडाका अध्यक्ष करण चौधरी विपक्षीले जिल्ला प्रशासन कार्यलय काठमाडौंमा निवेदन दिएपछि सो प्रक्रिया स्थगित भएको थियो। फेरि अहिले नाडाले भदौ १९ गते गरेको निर्णयलाई सोमबार फेरि कार्यान्वयनमा लग्ने निर्णय गरेको हो।

1105
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो कि?