
सन नेपाल लाइफ इन्स्योरेन्सले लाभांश पारित गर्न साधारण सभा बोलाएकोछ। इन्स्योरेन्सले पुस २५ गते साधारण सभा बोलाएको हो। कम्पनीको ८औं र ९औं वार्षिक साधारण सभा एकै दिन हुनेछ।
कम्पनीको सञ्चालक समितिको बिहीबार बसेको बैठकले साधारण सभा प्रयोजनका लागि १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।
कम्पनीले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र १५.२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ। बुक क्लोजअघि कायम सेयरधनीले लाभांश पाउनेछन्।
सम्बन्धित समाचार
लोकप्रिय समाचार



































































