जोडिनुहोस
मङ्लबार, माघ २१, २०८२
मङ्लबार, माघ २१, २०८२
  • होमपेज
  • लक्ष्मी सनराइज बैंकको १० प्रतिशत बोनस सेयर पारित, चुक्ता पुँजी २६ अर्ब पुग्यो

लक्ष्मी सनराइज बैंकको १० प्रतिशत बोनस सेयर पारित, चुक्ता पुँजी २६ अर्ब पुग्यो

लक्ष्मी सनराइज बैंक लिमिटेडको २५औँ वार्षिक साधारणसभा सोमबार काठमाडौंमा सम्पन्न भएको छ । साधारणसभाले बैंकको चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पारित बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी २६ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ ।

साधारणसभाले आर्थिक वर्ष २०८१/८२ का लागि सञ्चालक समितिको प्रतिवेदन तथा सोही अवधिको बैंकको वित्तीय विवरणमाथि छलफल गरी स्वीकृत गरेको छ । साथै आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति समेत गरेको छ ।

आर्थिक वर्ष २०८१/८२ मा बैंकले ३७१ अर्ब रुपैयाँ निक्षेप संकलन र २८७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ । सो अवधिमा बैंकको वासलातको आकार ४४३ अर्ब रुपैयाँ पुगेको छ । उक्त आर्थिक वर्षमा बैंकले ४ अर्ब ६ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।

290
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका