जीवन बीमा
आईएमई लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता तथा कर्मचारीलाई इला होटल एन्ड रिर्सोटमा १५ प्रतिशत सहुलियत


आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीलाई इला होटल एन्ड रिर्सोट अन्तर्गत रहेका होटलहरूका सेवामा १५ प्रतिशत सहुलियत प्रदान गर्ने भएको छ । कम्पनी र इला होटल एन्ड रिर्सोटबीच हालै सम्पन्न सम्झौताबाट उक्त सुविधा आदान प्रदान गर्ने समझदारी भएको हो ।
सो छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले आफ्नो मोबाइलमा कम्पनीको मोबाइल एप आईएमई लाइफ मोबाइल एपमा रहेको प्रिभिलेज कार्ड देखाइ छुट सुविधा लिन सक्नेछन् । यसैगरी, अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेसगरी उक्त छुटसुविधाको लाभ लिन सक्नेछन् ।
इला होटल एन्ड रिर्सोट अन्तर्गत मौलाकालिकामा स्थित इला होटल एन्ड रिर्सोट, बाग्लुङस्थित इला कम्फर्ट र लाजिम्पाटस्थित सेक एड फेन्ज रेस्टुरेन्ट, यसैगरी आईएमई हस्पिटालिटी एण्ड होटलअन्तर्गत पोखरास्थित दी लेकसाइड रिट्रिट र लाजिम्पाटमा रहेको होटल ले हिमालय लगायतका होटल तथा हस्पिटालिटिहरू रहेका छन्।
उक्त सुविधालाई प्रभावकारी बनाउन कम्पनीले आफ्नो मोबाइल एप आईएमई लाइफमार्फत प्रिभिलेज कार्ड जारी गरी सेवालाई सहज बनाएको छ ।