जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • नेपाल रेमिटर्स एसोसिएसनको अध्यक्षमा पोखरेल निर्विरोध

नेपाल रेमिटर्स एसोसिएसनको अध्यक्षमा पोखरेल निर्विरोध

नेपाल रेमिटर्स एसोसिएसनको अध्यक्षमा सुमन पोखरेल निर्वाचित हुनुभएको छ । काठमाडौंमा सम्पन्न १३ औं साधारण सभाले पोखरेललाई निर्विरोध निर्वाचित गरेको हो ।

साधारण सभाले आइएमई लिमिटेडका सुमन पोखरेल –अध्यक्ष, हुलास रेमिटेन्स प्रा.लि.का दिवाकर थापा–निर्वतमान अध्यक्ष, सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा.लि का चन्द्र टण्डन–उपाध्यक्ष, नेपाल रेमिट इ. प्रा.लि.का रितेश मित्तल–महासचिव, सुर्य रेमिट प्रा.लि.का संजय सिग्देल–कोषाध्यक्ष, आइपे रेमिट प्रा.लि.का इन्द्र शर्मा–सचिव, र हिमालयन बैंक लिमिटेडका युमा श्रेष्ठ, युनाइटेड रेमिट प्रा.लि.का प्रविन अधिकारी, इजीलिकं प्रा.लि.का दीपेन्द्र खनाल लगायतलाई सदस्यमा निर्विरोध चयन गरेको छ ।

कार्यसमितिको अध्यक्षमा चयन भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै नवनिर्वाचित अध्यक्ष पोखरेलले रेमिटेन्स क्षेत्रका समस्या समाधानमा आफ्नो नेतृत्व निरन्तर क्रियाशील रहने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

11280
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका