जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • अब एनआईसी बैंकको मोबाइल बैंकिङ्गबाटै मुद्दती खाता खोल्न सकिने

अब एनआईसी बैंकको मोबाइल बैंकिङ्गबाटै मुद्दती खाता खोल्न सकिने

एनआईसी एशिया बैंकका ग्राहकहरुले अब मोबाइल बैंकिङ्गमार्फत आफै मुद्दती खाता खोल्न सक्ने भएका छन् । डिजिटल बैंकिङ्गको प्रवद्र्धनका साथै आफ्ना ग्राहकलाई अनलाइन माध्यमबाट मुद्दती खाता खोल्ने सुविधा दिई सहज बैंकिङ्गको प्रत्याभूति गराउन बैंकले यस सेवा सुरु गरेको हो ।

बैंकका ग्राहकहरूले एनआईसी एशिया मोबाईल बैंकिङ एपमा रहेको फिक्स डिपोजिट आइकनमा ट्याप गरी जुनसुकै स्थान तथा समयमा मुद्दती खाता खोल्न सक्नेछन् । यस बैंकमा ग्राहकहरूले कम्तिमा तीन महिनादेखि अधिकतम १० वर्ष भन्दा बढी समयका लागि व्यक्तिगत मुद्दती निक्षेप गर्न सक्नेछन् ।

साथै, वार्षिक ब्याजदर सुविधा क्रमशः ७.२५ देखि ९.७५ प्रतिशतसम्म प्राप्त गर्न सक्नेछन् । मोबाइल बैंकिङ्गमार्फत मुद्दती खाता खोल्नु हुने ग्राहकहरूलाई प्रोत्साहनस्वरूप बैंकले प्रकाशित सम्पूर्ण किसिमका मुद्दती निक्षेपको ब्याजदरमा ०.५ प्रतिशत थप गर्ने व्यवस्था गरेको छ ।

7500
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?