जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • सुन काण्डपछि विमानस्थल भन्सार कार्यालय प्रमुख फेरीए

सुन काण्डपछि विमानस्थल भन्सार कार्यालय प्रमुख फेरीए

एक सय किलो सुन तस्करी प्रकरणपछि अर्थ मन्त्रालयले त्रिभुवन विमानस्थलको भन्सार कार्यालयको प्रमुख फेरेको छ। एयरपोर्ट भन्सार प्रमुख अरुण पोखरेललाई हटाएर अर्थ मन्त्रालयले सहसचिव टोकराज पाण्डेलाई नयाँ हाकिम बनाएर पठाएको हो ।

अर्थ मन्त्रालयका प्रवक्ता धनिराम शर्माका अनुसार पाण्डेलाई विमानस्थल भन्सार कार्यालयको प्रमुख बनाएर पठाइएको छ। उनी आइतबार मात्रै राष्ट्रिय किताबखानाको महानिर्देशकबाट अर्थ मन्त्रालयमा तानिएका थिए।

अधिकृतमा नाम निकालेर निजामति कर्मचारी सेवा प्रवेश गरेका पाण्डे पुर्व पत्रकार समेत हुन्। कुनै बेला उनी एक राष्ट्रिय स्तरको पत्रिकामा काम गर्थे।  अधिकृतबाट सरकारी सेवा प्रवेश गरेका पाण्डे लामोसमय यातायात व्यवस्था बिभागमा रहेर काम गरे।

उपसचिव हुँदासम्म यातायात व्यवस्था बिभाग रहेका पाण्डे लिखित परिक्षाबाटै सहसचिवमा नाम निकालेका हुन्। सहसचिव भएपछि उनलाई बिभिन्न कार्यलयमा सरुवा गरिएको थियो। अहिले अर्थमन्त्रालय तानिएका उनले भन्सार कार्यलय प्रमुखको जिम्मेवारी पाएका हुन्

3565
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका