जोडिनुहोस
बिहिबार, अशोज ११, २०८०
बिहिबार, अशोज ११, २०८०
  • होमपेज
  • एनआईसीको १५ नयाँ चमत्कारिक बचत योजना एकै साथ

एनआईसीको १५ नयाँ चमत्कारिक बचत योजना एकै साथ

“बैक पनि, साथी पनि, राम्रो पनि, हाम्रो पनि” भन्ने मुल नाराका साथ आमजनसमुदायमा केन्द्रित बंैैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको नेपालकै सबैभन्दा ठूलो शाखा संञ्जाल भएको, एन आई सी एशिया बैंकले २१ वर्ष पुरा गरि २२ औ वर्षमा प्रवेश गर्न लागेको पुनित अवसरमा सर्वाधिक उच्च ब्याजदरको अलवा २२ वटा चमत्कारीक विशेषताहरु रहेको बिभिन्न १५ नयाँ बचत निक्षेप योजनाहरु सार्वजनिक गरेको छ ।

सवै तह र तप्काका आदरणिय ग्राहक महानुभावहरुलाई उपयुक्त “चमत्कारिक बचत खाता, चमत्कारिक नारी बचत खाता, चमत्कारिक जेष्ठ नागरिक बचत खाता, चमत्कारिक बाबुनानी बचत खाता, चमत्कारिक बिद्यार्थी बचत खाता, चमत्कारिक स्वरोजगार बचत खाता तथा कर्मचारीहरुलाई केन्द्रित गरि ल्याईएको चमत्कारिक तलब बचत खाता आम जनमानसको बचत गर्ने बानीलाई अभिबृद्दि गर्ने बिश्वास बैँकले लिएको छ ।

उपरोक्त उल्लेखित निक्षेप योजनाहरुमा ग्राहक महानुभावहरुले रु १५ लाख सम्मको दुर्घटना बिमा र रु १५ लाख सम्मको १८ घातक रोगहरुको बिमा तथा रु १ लाख ५० हजार सम्मको औषधि उपचार बीमा सुविधा समेत प्राप्त गर्न सक्नुहुनेछ । साथै कर्जामा समेत विशेष छुट र सहुलियत प्रदान गर्ने गरी ल्याइएको उक्त योजनाहरुमा २२ चमत्कारिक फाइदाहरु सहित ल्याइएको योजनाले उपरोक्त उल्लेखित सबै क्षेत्र, भेग, तह र तप्काले फाइदा पुग्ने बिश्वास बैंकले लिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका