जोडिनुहोस
आइतवार, जेष्ठ १२, २०८२
आइतवार, जेष्ठ १२, २०८२
  • होमपेज
  • हुरीबतास पीडितलाई एन आई सी एशियाको सहयोग

हुरीबतास पीडितलाई एन आई सी एशियाको सहयोग

उत्तरदायी बेैकिङ्गको अभ्यास गर्दै आईरहेको यस एन आई सी एशिया बंैक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा आफ्नो दरिलो उपस्थिति जनाई समाजमा योगदान पु¥याइरहेको सबैमा अवगत नै छ । यसै सिलसिलामा हालै मात्र तराईको बारा तथा पर्सा जिल्ला लगायतका क्षेत्रहरुमा विध्वंसकारी हुरीबतासले अपुरणीय क्षति पु¥याएकोमा अत्यन्त दुुःख व्यक्त गर्दै घटनाबाट पिडित जन समुदायमा मल्हम लगाउने उद्देश्यका साथ फेटा गाउँपालिकाका पुरनियाँ, बलही, बबुलियालगायत गाउँका पीडित जन समुदायका लागि अत्यावश्यक राहत सामग्री सहयोग स्वरुप बैंकले ३ सय थान झुल, १ सय ५० थान म्याट्रेस, लगायत खाद्यान्न तथा अत्यावश्यक सामग्रीहरु प्रदान गरेको छ ।

उक्त अत्यावश्यक राहत सामग्री सोही गाउँपालिकाका अघ्यक्ष अमिरी लाल प्रसादलाई बैंक संचालक समितीका सदस्य विनोद कुमार प्याकुरेलले एक कार्यक्रमका बिच हस्तान्तरण गरेका छन् । सो अवसरमा संचालक प्याकुरेलले उक्त सहयोगले हुरीबतासबाट पीडित गाउँका सर्वसाधारणहरूलाई केही मात्रामा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

राहत सामग्री हस्तान्तरण क्रार्यक्रममा ंंसंचालकले जनधनको धेरै क्षति पुगेका बारा जिल्ला फेटा गाउँपालिकाका पुरनियाँ, बलही, बबुलियालगायत गाउँका सर्वसाधारण यतिबेला राहतको आशामा बसेका आफुले पाएको उल्लेख गर्दै एन आई सी एशिया बैंकले गरेको यो सानो सहयोगले उक्त क्षेत्रका पीडित जनताका लागि तत्काल केही राहत पुग्ने विश्वास बैंकले लिएको जानकारी गराए ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २८१ शाखा कार्यालयहरु, २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । करिब १५ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकमा प्रमुख वित्तीय परिसुचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

9210
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका