जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • माछापुच्छ्रे बैंकको ३ नयाँ शाखाको शुभारम्भ

माछापुच्छ्रे बैंकको ३ नयाँ शाखाको शुभारम्भ

माछापुच्छ्रे बैंक लिमिटेडले टंकिसिनवारी, त्रिशुली र टिमुरे शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।
बैंकले मिति २०७५ साल चैत्र २१ गते मोरङको बुढीगंगा गाउँपालिका स्थित टंकिसिनवारी शाखा कार्यालय, चैत्र २४ गते नुवाकोटको विदुर नगरपालिका स्थित त्रिशुली शाखा कार्यालय र चैत्र २५ गते रसुवाको गोसाँईकुन्ड गाउँपालिका स्थित टिमुरे शाखा कार्यालयको औपचारिक सुरुवात गरेको छ ।

टंकिसिनवारी शाखाको उद्घाटन विराट मेडिकल कलेजका अध्यक्ष डा. ज्ञानेन्द« मान सिंह कार्कीले गरेका थिए । त्यसै गरी त्रिशुली शाखाको उद्घाटन विदुर नगरपालिकाका मेयर सञ्जु पण्डित ज्यूले गर्नुभयो । टिमुरे शाखाको उद्घाटन रसुवाका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले गरेका थिए ।

नयाँ शाखा मार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पूर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ । बैंकले उक्त शाखाहरुमा २४ सै घण्टा चल्ने एटीएमको पनि व्यवस्था रहेको जनाएको छ ।

बैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना ९९ वटा शाखाहरु र ७६ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १७५ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बंैकको देशभर १२१ वटा एटीएमहरु संचालनमा रहेको छ ।

9660
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका