जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • नेप्सेको निरन्तर ओरालो यात्रा

नेप्सेको निरन्तर ओरालो यात्रा

नेपाल धितोपत्र बोर्डले जोखिमयुक्त ५१ कम्पनी सार्वजनिक गरेपश्चात् नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा लगानीकर्ताहरु त्रासमय वातावरणमा कारोबार गरिरहेका छन् । नियमक निकायले यसरी जोखिमयुक्त कम्पनी सार्वजनिक गर्न थालेपछि यसको असर नेप्सेमा पर्न थालेको हो । बिहीबार नेप्सेमा सामान्य अंकले घटेको भएपनि कारोबारमा भने दोब्बरले घटेको छ । यसअघि २० अर्बको कारोबार बनाएको नेप्से बिहीवार १० अर्ब रुपैयाँको मात्रै कारोबा भएको छ ।

निरन्तर उकालो लागिरहेको नेप्से विहीवार १.३ अंकले घटेर २९६८.४२ अंकमा बन्द भएको छ । यसअघि सोमबार ३०२५.८३ अंकमा बन्द भएर नयाँ रेकर्ड बनाएको थियो । विहीबार दिनभरि २२३ कम्पनीको २ करोड ३ लाख ६५ हजार कित्ता सेयर १ लाख २४ हजार पटक किनबेच हुँदा १० अर्ब ९० करोड ४९ लाख ५८ हजार रुपैयाँको कारोबार भएको हो । यसअघि आइतबार १९ अर्ब ५५ करोड १ लाख ६६ हजार रुपैयाँको कारोबार भएर नयाँ रेकर्ड बनाएको थियो ।

बिहीवार ट्रेडिङ समूह ११.४० अंक, जीवन बीमा समूह २३.६६ अंक, डेभलपमेन्ट बैंक समूह ९२.९५ अंक, निर्जीवन बीमा समूह ५४.०१ अंक, फाइनान्स समूह ३३.८८ अंक, अन्य समूह २७.३२ अंक, र होटल तथा पर्यटन समूह २६.१० अंकले बढेको छ ।

त्यस्तै, माईक्रोफाइनान्स समूह ६५.९० अंक, हाइड्रो पावर समूह ३.०५ अंक, बैंकिङ्ग समूह १०.५८ अंक, म्युचुअल फण्ड समूह ०.०५ अंक, इन्भेष्टमेन्ट समूह ०.२१ अंक र म्यानुफ्याक्ट्ररिङ समूह ११.८४ अंकले घटेको छ ।

5530
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?