जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • खराब कर्जा बढ्दा नेपाल बैङ्कको नाफा प्रभावित, मुख्य सूचकहरूको यथार्थ चित्र कस्तो ?

खराब कर्जा बढ्दा नेपाल बैङ्कको नाफा प्रभावित, मुख्य सूचकहरूको यथार्थ चित्र कस्तो ?

नेपाल बैङ्कको नाफा गिरावट आएको छ । बैङ्कको खराब कर्जा बढ्दा नाफा आधाले घटेको छ ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैङ्कले ५९ करोड रुपैयाँ मात्रै नाफा कमाएको छ । तर, यो नाफा गत आवको सोही अवधिको तुलनामा भने ४९.६० प्रतिशत कमी हो । गत आवको पुस मसान्तसम्ममा बैङ्कले १ अर्ब १७ करोड ६ लाख रुपैयाँ नाफा कमाएको थियो ।

बैङ्कले शनिवार प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । तर, बैङ्कको ब्याज आम्दानी भने २०.४० प्रतिशतले बढेर ४ अर्ब ६३ करोड ५० लाख रुपैयाँ पुगेको छ । ब्याज आम्दानी बढ्दा पनि बैङ्कको नाफा आधाले घटेको छ । विशेषगरि बैङ्कको खराब कर्जा १.३९ प्रतिशतले बढेर ४.५ प्रतिशत पुगेको छ ।

खराब कर्जा बढेसँगै बैङ्कको खुद नाफा प्रभावित भएको हो । समीक्षा अवधिमा बैङ्कको सञ्चालन नाफा पनि ४९.६५ प्रतिशतले घटेर ७६ करोड २५ लाख रुपैयाँ कायम भएको छ। यता, बैङ्कको वितरणयोग्य नाफा पनि ५६ करोड ९० लाख रुपैयाँ ऋणात्मक देखिएको छ ।

बैङ्कको चुक्ता पुँजी १४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ छ । बैङ्कले जगेडा तथा कोषमा भने ११ अर्ब ४४ करोड ५० लाख रुपैयाँ राखेको छ ।

बैङ्कको प्रतिसेयर आम्दानी (इपिएस) पनि ७ रुपैयाँ.९० पैसाले घटेर ८ रुपैयाँ ३ पैसा कायम भएको छ । यता, प्रतिसेयर नेटवर्थ भने २५२ रुपैयाँ ५४ पैसा कायम भएको छ

545
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका