जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • मुक्तिनाथ विकास वैंकको “ क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमा बचत योजना”

मुक्तिनाथ विकास वैंकको “ क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमा बचत योजना”

मुक्तिनाथ विकास बैंकले अइतबारदेखि लागु हुने गरी “ मुक्तिनाथ जीवन बरदान योजना ’’ अन्तर्गत तीन नयाँ बचत खाताहरु सञ्चालनमा ल्याएको छ । यस योजना अन्तर्गत मुक्तिनाथ जीवन बरदान, मुक्तिनाथ जीवन वरदान प्लस र मुक्तिनाथ जीवन वरदान प्रिमियम खाताहरु रहेका छन् ।

यस योजना अन्तर्गत ग्राहकले रु १० हजार न्युनतम मौन्दातमा रु ५ लाख सम्मको क्यान्सर रोग उपचार बीमा वा रु १० लाख सम्मको दुर्घटना मृत्यू बीमा को सुविधा प्राप्त गर्नेछन् ।

साथै, रु २० हजार न्युनतम मौन्दातमा रु ५ लाख सम्मको क्यान्सर रोग उपचार बीमा र रु १० लाख सम्मको दुर्घटना मृत्यू बीमा (दुवै सुविधा) प्राप्त गर्न सक्नेछन् ।

यस बचत योजना अन्तर्गतका माथि उल्लेखित बीमा सेवाका अतिरिक्त दैनिक मौज्दातमा वार्षिक ७ प्रतिशत ब्याज (मासिक ब्याज भुक्तानी ),  निः शुल्क आश्वा सेवा, निः शुल्क अन्तर शाखा कारोबार, निः शुल्क मोबाइल बैकिंङ्ग सुविधा तथा इन्टरनेट बैकिङ्ग सुविधाका साथै निः शुल्क भिजा डेबिट कर्ड र देशैभरी भिजा नेटवर्क अन्तर्गत रहेका करिब ३ हजार एटीएमबाट निः शुल्क रकम झिक्न मिल्ने व्यवस्था गरिएको छ । बैंकको यो सेवा ११४ वटै शाखाहरुबाट लिन सकिने छ ।

यो बचत खाता खोल्ने ग्राहकले किराना अनलाइन स्टोर सँग सहकार्य गरी रु ५ सय बराबरको किराना अनलाइन किनमेलको भौचर सुविधा पनि उपलब्ध गराउने छ । हाल यो सुविधा काठमाडौं, ललितपुर तथा भक्तपुर जिल्ला अन्तर्गतका शाखा कार्यालयहरुमा मात्र उपलब्ध हुनेछ ।

9585
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका