जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • जनता बैंकद्धारा भरतपुर आँखा अस्पताललाई सहयोग

जनता बैंकद्धारा भरतपुर आँखा अस्पताललाई सहयोग

जनता बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत भरतपुर आँखा अस्पताल,चितवनलाई २ लाख ६० हजार बराबरको २० थानथ्रीसिटर आगन्तुक कुर्सी प्रदान गरेको छ । बैंकको भरतपुर क्षेत्रीय उपप्रमुख संजय शर्माले नेपाल नेत्र ज्योती संघ भरतपुरका अध्यक्ष कृष्णराज धरेललाई उक्त सामाग्री हस्तान्तरण गरे ।

भरतपुर आँखा अस्पताल नेपाल नेत्र ज्योती संघद्वारा संचालित गैर नाफामुलक अस्पताल हो । यस अस्पतालले चितवन लगाएत आसपासका जिल्लामा गुणस्तरीय आँखा उपचार सेवा संचालन गरिरहेको छ ।

यसैगरी संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत वीरेन्द्र विद्यामन्दिर क्याम्पस, टीकापुर, कैलालीको पुस्तकालयलाई ७५ हजार बराबरको विभिन्न सन्दर्भ पुस्तकहरु उपलब्ध गराइएको छ । जनस्तरबाट संचालित उक्त क्याम्पसमा करिव ५ सय विद्यार्थीहरु अध्ययनरत रहेकाछन् ।

4640
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?