जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • राष्ट्र बैंकको सञ्चालकका रुपमा अर्थसचिवले लिए सपथ

राष्ट्र बैंकको सञ्चालकका रुपमा अर्थसचिवले लिए सपथ

नेपाल राष्ट्र बैंकको सञ्चालक समिति सदस्यका रुपमा अर्थसचिव अर्जुनप्रसाद पोखरेलले पद तथा गोपनियताको सपथ लिएका छन्। सर्वोच्च अदालतका कामु प्रधान न्यायाधिस हरिकृष्ण कार्कीसँग पोखरेलले सपथ लिएका हुन्।

अर्थसचिव नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको पदेन सदस्य हुन्छ। गत साता अर्थसचिवका रुपमा सरकारले पोखरेललाई चयन गरेको थियो।

दुई महिनाको छोटो अवधिमै तोयम राया सरुवा भएपछि पोखरेल आएका हुन्। सचिव पोखरेलले सपथ लिएपछि राष्ट्र बैंकको सञ्चालक समिति बैठकलगायत अन्य कामकारवाहीमा सहभागी हुन पाउँछन्।

राष्ट्र बैंकले केही दिनभित्रै मौद्रिक समीक्षा गर्ने तयारीमा छ। रिक्त सञ्चालक पूर्तिसँगै राष्ट्र बैंकले छलफल गरेर मौद्रिक समीक्षा सार्वजनिक गर्ने छ। सचिवका कारण मौद्रिक समीक्षाको छलफल रोकिएको थियो।

4350
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?