जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • स्ट्यान्डर्ड चार्टर्ड पनि एनसीएचएलमा

स्ट्यान्डर्ड चार्टर्ड पनि एनसीएचएलमा

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच कनेक्ट आइपीएस र नेशनल पेमेन्ट्स इन्टरफेस (एनपीआइ) प्रणालीको प्रयोग गरी डिजिटल भुक्तानी सेवालाई थप विस्तार गर्ने गरी साझेदारी सम्झौता भएको छ।

अब ग्राहकले कुनै पनि सदस्य बैंक वित्तीय संस्थामा रहेको खाताबाट कनेक्ट आइपीएसमार्फत् स्ट्यान्डर्ड चार्टर्डमा रहेको खातामा अनलाइन फण्ड ट्रान्सफर गर्न सक्ने छन्।

बैंक र एनसीएचएलका वरिष्ठ प्रतिनिधिहरूको उपस्थितिमा आयोजित भर्चुअल कार्यक्रममा सदस्यता सम्झौता कार्यान्वयन भएको हो।

प्रारम्भिक चरणको कार्यान्वयनमा, कुनै पनि कनेक्ट आइपीएसको सदस्य बैंक र वित्तीय संस्थाका ग्राहकहरूले (यसको वेब वा मोबाइल एप्स् वा एनपीआइ वा बैंक र वित्तीय संस्थाका मोबाइल एप्स् वा इन्टरनेट बैंकिङबाट) स्ट्यान्डर्ड चार्टर्डमा रहेको कुनै पनि खातामा सिधै रकमान्तर गर्न सक्नेछन्।

यसले चार्टर्डका ग्राहकहरूलाई कनेक्ट आइपीएसमार्फत सोझै आफ्नो खातामा रकम प्राप्त गर्न सजिलो भएको छ।

दोस्रो चरणमा, एनपीआइका सेवाहरूलाई चार्टर्डका एस२बी र मोबाइल बैंकिङलगायतका च्यानलहरूमा विस्तार गरिने छ। यसबाट चार्टर्डका ग्राहकहरूले अन्य बैंक र वित्तीय संस्थाहरूलाई पनि रकमान्तर  गर्न सक्नेछन्

6360
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका