जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • सगरमाथा इन्स्योरेन्सले निर्जीवन बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न

सगरमाथा इन्स्योरेन्सले निर्जीवन बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न

सगरमाथा इन्स्योरेन्सले त्रिभुवन विश्व विद्यालय अन्तर्गत शंकरदेव क्याम्पसमा अध्ययनरत ब्यवस्थापन संकाय स्नातक तहका बिद्यार्थीहरुलाई निर्जीवन बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम उक्त क्याम्पसमा एक समारोह विच आयोजना गरेको हो ।

उक्त जनचेतना कार्यक्रममा यस कम्पनीबाट उपलब्ध गराईने बीमा सेवा जस्तै मोटर बीमा, अग्नी बीमा, सामुद्रिक बीमा, सम्पत्ती बीमा, औषधी उपचार बीमा, पशुधन-बाली बीमाको बिषयमा जनचेतना कार्यक्रम संचालन गरेको हो ।

कार्यक्रम बि.बि.एस. प्रोग्रामका डाईरेक्टर रीता मास्के र सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट सहायक प्रबन्धक शसीधर शर्मा र गैरिधारा शाखाका कर्मचारीहरु  लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रम पश्चात सहभागीहरुले बीमाको महत्व तथा आवश्यकता रहेको भनि सकारात्मक प्रतिक्रिया समेत जनाएको थिए ।

4420
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका