जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • वैभव जीवन (अग्रीम भुक्तानी सावधिक) जीवन बीमा

वैभव जीवन (अग्रीम भुक्तानी सावधिक) जीवन बीमा

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको वैभव अग्रीम भुक्तानी जीवन बीमा योजना हो । जीवन बीमा योजना चालु रहेकै अवस्थामा बीमाङ्क रकम फिर्ता पाइनु यस बीमा योजनाको मुख्य विशेषता हो । यस बीमा योजना अन्र्तगत तीन चरणको किस्ताबन्दीमा बीमाङ्कको निश्चित प्रतिशत रकम फिर्ता गरिन्छ र बीमा अवधि समाप्तिमा बाँकी बीमाङ्क रकम र पुरा अवधिको आर्जित बोनस समेत एकमुष्ट भुक्तानी गरिनेछ । आफ्नो भविष्यको आर्थिक योजना बनाउँदा बीच बीचमा आईपर्न सक्ने आर्थिक समस्या समाधान गर्न चाहनेलाई यो बीमा योजना छनोट उत्कृष्ट सावित हुनेछ ।

यस वैभव अग्रीम भुक्तानी जीवन बीमाको न्यूनतम प्रवेश उमेर १६ बर्ष तोकिएको छ भने अधिकतम प्रवेश उमेरलाई ५८, ५५, ५२, ४९ र ४६ वर्षमा विभाजन गरिएको छ, जसको निर्धारण प्रवेश उमेर र बीमा अवधि छनोटको आधारमा हुनेछ । बीमा अवधि १२ वर्ष, १५ वर्ष, १८ वर्ष, २१ वर्ष वा २४ वर्ष रहेको छ । यस वैभव अग्रीम भुक्तानी जीवन बीमा योजना रु.५०,०००÷– देखि आयस्रोतको आधारमा जतिपनि बीमाङ्क रकमको बीमा गर्न सकिनेछ ।

वैभव अग्रीम भुक्तानी जीवन बीमा योजना वार्षिक, अर्धवार्षिक, त्रैमासिक वा मासिक रुपको बीमाशुल्क भुक्तानी तरिका छनोट गर्न सकिने छ । यस जीवन बीमा योजनामा बीमाशुल्क भुक्तानी तरिकाको आधारमा पनि छुटको व्यवस्था गरिएको छ । जस अनुसार वार्षिक बीमाशुल्क भुक्तानी तरिका छनोट गर्दा २ प्रतिशत छुट प्राप्त हुनेछ । अर्धवार्षिक बीमाशुल्क भुक्तानी तरिका छनोट गर्दा १ प्रतिशत छुट प्राप्त गर्न सकिनेछ । त्रैमासिक बीमाशुल्क भुक्तानी तरिका छनोट गर्दा कुनै छुट प्राप्त हुने छैन भने मासिक बीमाशुल्क भुक्तानी तरिका छनोटमा ५ प्रतिशत थप लाग्नेछ । साथै यस योजनामा बीमाङ्क रकमको आधारमा पनि छुटको व्यवस्था गरिएको छ । बीमाङ्क रकम रु.१,००,०००÷– देखि रु.२,००,०००÷–सम्म रु.१ प्रतिहजार छुट गरिएको छ । त्यसैगरी बीमाङ्क रकम रु.२,०१,०००÷– देखि माथि रु.२ प्रतिहजार छुट गरिएको छ ।

4785
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका