जोडिनुहोस
बिहिबार, बैशाख ६, २०८१
बिहिबार, बैशाख ६, २०८१

हालको खबर

  • होमपेज
  • एनआरएनए चुनाव : कुल आचार्यको प्यानल घोषणा

एनआरएनए चुनाव : कुल आचार्यको प्यानल घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रीय अध्यक्ष पदका प्रत्यासी कुल आचार्यले आफ्नो टिमलाई घोषणा गरेका छन् ।

काठमाडौँमा सोमबार दिउँसो पत्रकार सम्मेलन गर्दै आफ्नो टिम घोषणा गरेका हुन्। आचार्यको प्यानलबाट महासचिवको उम्मेदवार बेल्जियम निवासी जानकी गुरुङ बनेकी छिन् ।

आचार्य समूहमा यसअघि अमेरिकाका डा.केशव पौडेल र मध्यपूर्वका डीबी क्षेत्रीले पनि महासचिव पदका लागि दावी गर्दै आएका थिए। अमेरिकाका डा. पौडेलले उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन्। कांग्रेस निकट मानिएको आचार्य समूहबाट उपाध्यक्षमा डा. पौडेलसँगै, मन केसी (अष्ट्रेलिया), नरेन्द्र भाट (मध्यपूर्व), रबिना थापा (अमेरिका)ले उम्मेदवारी दिने भएका छन्। यस्तै वर्तमान सह-कोषाध्यक्ष सोम सापकोटाले कोषाध्यक्षमा उम्मेदवारी दिने भएका छन् ।

पत्रकार सम्मेलनमा आचार्यले एनआरएनएमा आफ्नो १२ वर्षको अनुभव र संस्थामा दिएको योगदान आफ्नो जित्ने आधार भएको बताए ।अहिलेसम्म आफूले एनआरएनको कुनैपनि चुनाव नहारेको भन्दै यो पटक पनि जित सुनिश्चित रहेको दाबी पनि आचार्यले गरे । उनले आफ्ना १० वटा प्रतिबद्धता सार्वजनिक गरे ।

उनले झन्झटमुक्त गैर आवासीय नेपाली नागरिकता, लगानीको प्रत्याभूति, मर्यादित तथा सुरक्षित वैदेशिक रोजगार, विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रोत्साहित गर्ने, ब्रेन ड्रेनबाट ब्रेन गर्ने, संस्थागत सुधारमा भिजन २०२० एन्ड वियोड अवधारणालाई कार्यान्वयन तहमा लैजाने, सडक सुरक्षा, पर्यटन लगायत विषयलाई प्राथमिकताका साथ अघि सारेका छन्।

उनले संसदमा विचाराधीन गैरआवासीय नेपाली नागरिकता विधेयकलाई संविधानको भावना तथा सम्पुर्ण गैह आवासीय नेपाली समुदायको चाहाना अनुसार पारित गराउन ठोस पहल गर्ने प्रतिवद्धता पनि जनाए। यसअघि, कुमार पन्तले पनि संघको आगामी कार्याकालका लागि अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन्।

मंगलबारदेखि सुरु हुने गैरआवासीय नेपाली संघको ९ औँ विश्व सम्मेलनले आगामी कार्याकालका लागि संघको नयाँ नेतृत्व चयन गर्दैछ।

7090
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका