जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • सरकारी स्वामित्वमा रहेका ३ बैंकमध्ये कुन ठूलो ?

सरकारी स्वामित्वमा रहेका ३ बैंकमध्ये कुन ठूलो ?

२७ वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् ।सरकारी बैंक भनेर चिनीने राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंकले गत आर्थिक बर्षको चौथो त्रैमासमा केही सूचकमा अग्रस्थानमा रहेका छन् । यहाँ यी ३ सरकारी बैंक कुन सूचकमा को बढि बलियो भनेर तुलना गरिएको छ । यहाँ तुलना गर्दा अधिकांश सूचकमा राष्ट्रिय वाणिज्य बैंक अगाडि रहेको छ भने कृषि विकास बैंक र नेपाल बैंकले पनि केही सूचकमा अग्रस्थान हासिल गरेको छ ।

अधिकांश बैंकहरुले अघिल्लो आवको तुलनामा गत आर्थिक बर्ष सबै सूचकमा उल्लेख्य सुधार गरेका छन् । राष्ट्र बैंकका अनुसार हाल २७ वाणिज्य बैंकहरु सञ्चालन छन् । वाणिज्य बैंकहरुमा कुन ठूलो बैंक बन्ने भनेर होड बाजी चल्छ । आफ्नो बैंकलाई कसरी अन्य बैंकभन्दा ठूलो बैंक बनाउने भनेर अभ्यास गरिरहेका छन् ।

१. खुद मुनाफा

गत असार मसान्तसम्म सरकारी ३ वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै नाफा कमाउनेमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ । राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ७९ करोड ५४ लाख ७७ हजार रुपैयाँ, नेपाल बैंकले ३ अर्ब ६ करोड ५४ लाख ५७ हजार रुपैयाँ र कृषि विकास बैंकले ३ अर्ब ६९ करोड ४४ लाख ७० हजार रुपैयाँ आर्जन गरेको छ ।

२. खुद ब्याज आम्दानी

खुद ब्याज आम्दानीमा पनि अगाढि राष्ट्रिय वाणिज्य बैंक रहेको छ । राष्ट्रिय वाणिज्य बैंकले ८ अर्ब २४ करोड ३९ लाख ७७ हजार रुपैयाँ, नेपाल बैंकको ६ अर्ब ४६ करोड ६ लाख ३६ हजार रुपैयाँ र कृषि विकास बैंकले ६ अर्ब २६ करोड ४१ लाख ४७ हजार रुपैयाँ आर्जन गरेको छ ।

३. नेट फि तथा कमिशन आम्दानी

नेट फि तथा कमिशन आम्दानीमा कृषि विकास बैंक अगाडि रहेको छ । कृषि विकास बैंकल १ अर्ब ५८ करोड ३१ लाख ५९ हजार रुपैयाँ, नेपाल बैंकले खुद फि तथा कमिशन आम्दानी ८८ करोड ८२ लाख ५५ हजार रुपैयाँ, र राष्ट्रिय वाणिज्य बैंकले ७१ करोड ९७ लाख ५९ हजार रुपैयाँ आर्जन गरेको छ ।

४. सञ्चालन मुनाफा

सञ्चालन मुनाफामा पनि कृषि विकास बैंक अगाडि नै छ । कृषि विकास बैंकको ५ अर्ब २२ करोड ६७ लाख ३ हजार रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको संचालन नाफा ५ अर्ब ९ करोड ८१ लाख १ हजार रुपैयाँ र नेपाल बैंकको ४ अर्ब ४९ करोड ३४ लाख २४ हजार रुपैयाँ रहेको छ ।

५. वितरणमयोग्य मुनाफा

वितरणयोग्य मुनाफामा राष्ट्रिय वाणिज्य बैंक अब्बल देखिएको छ । राष्ट्रिय वाणिज्य बैंकको ४ अर्ब ५२ करोड २४ लाख २८ हजार रुपैयाँ, नेपाल बैंकको ३ अर्ब ४९ करोड ७० लाख २० हजार रुपैयाँ र कृषि विकास बैंकको १ अर्ब ७३ करोड ५० लाख रुपैयाँ रहेको छ ।

६ कुल सञ्चालन आय

कुल सञ्चालन आयमा पनि राष्ट्रिय वाणिज्य बैंक नै अगाडि रहेको छ । राष्ट्रिय वाणिज्य बैंकको ९ अर्ब ७६ करोड १६ लाख ३० हजार रुपैयाँ, कृषि विकास बैंकको ९ अर्ब ३० करोड ९६ लाख २४ हजार रुपैयाँ र नेपाल बैंकको ८ अर्ब २२ करोड ७५ लाख ७१ हजार रुपैयाँ रहेको छ ।

७. चूक्ता पुँजी

चुक्ता पूँजीको आधारमा नेपाल बैंक ठूलो रहेको छ । नेपाल बैंकको १२ अर्ब ६३ करोड ६७ लाख ५८ हजार रुपैयाँ, कृषि विकास बैंकको १० अर्ब ९८ करोड ९९ लाख २९ हजार रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको १० अर्ब १८ करोड ४८ लाख ९१ हजार रुपैयाँ रहेको छ ।

८. जगेडा कोष

जगेडा कोषको आकार हेर्ने हो भने पनि नेपाल बैंक नै अगाडि रहेको छ । नेपाल बैंक को २० अर्ब ६२ करोड १९ लाख ५९ हजार रुपैयाँ, कृषि विकास बैंकको १५ अर्ब २२ करोड ६१ लाख ७३ हजार रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकको १५ अर्ब ११ करोड ८१ लाख ७३ हजार रुपैयाँ जम्मा छ ।

९. निक्षेप संकलन

निक्षेप संकलनमा राष्ट्रिय वाणिज्य बैंक नै अगाडि रहेको छ । राष्ट्रिय वाणिज्य बैंकले २ खर्ब ६४ अर्ब ७ करोड ७१ लाख ३३ हजार रुपैयाँ, नेपाल बैंकले १ खर्ब ६२ अर्ब ७४ करोड ३२ लाख २९ हजार रुपैयाँ र कृषि विकास बैंकले १ खर्ब ६२ अर्ब ६७ करोड ७२ लाख ६९ हजार रुपैयाँ निक्षेप संकलन गरेका छन् ।

१०. कर्जा

कर्जामा पनि राष्ट्रिय वाणिज्य बैंक माथि नै छ । राष्ट्रिय वाणिज्य बैंकको १ खर्ब ७८ अर्ब ५७ करोड २१ लाख ५१ हजार रुपैयाँ, कृषि विकास बैंकको १ खर्ब ५२ अर्ब ८६ करोड २५ लाख ४ हजार रुपैयाँ र नेपाल बैंकको १ खर्ब ३४ अर्ब ५३ करोड ६१ लाख ४२ हजार रुपैयाँ पुगेको छ ।

११. प्रतिशेयर आम्दानी (ईपिएस)

राष्ट्रिय वाणिज्य बैंकको प्रतिशेयर आम्दानी ४१ रुपैयाँ ३१ पैसा, कृषि पिवकास बैंकको प्रतिशेयर आम्दानी ३० रुपैयाँ ६५ पैसा र नेपाल बैंकको प्रतिशेयर आम्दानी २४ रुपैयाँ २६ पैसा रहेको छ ।

१२. प्रतिशेयर नेटवर्थ

कृषि विकास बैंकको प्रतिशेयर नेटवर्थ २३५ रुपैयाँ ५८ पैसा र नेपाल बैंकको प्रतिशेयर नेटवर्थ २६३ रुपैयाँ १९ पैसा रहेको छ ।

१३. पिई रेसियो

कृषि विकास बैंकको मूल्य आम्दानी अनुपात १५.६३ गुणा र नेपाल बैंकको मूल्य आम्दानी अनुपात १८.२६ गुणा रहेको छ ।

3755
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका