जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • कोर बैकिङ्ग सफ्टवेयर खरिद प्रक्रियामा नेपाल बैंकका सीइओ अधिकारी फसे, अख्तियारद्वारा ४ घण्टा बयान, अर्थमन्त्रालयले नै अख्तियारलाई छानवीन गर्न फाइल पठाएको पुष्टीः २५ करोडको सफ्टवेयरलाई ७० करोड बजेटः गर्भनर अधिकारीद्वारा संरक्षण

कोर बैकिङ्ग सफ्टवेयर खरिद प्रक्रियामा नेपाल बैंकका सीइओ अधिकारी फसे, अख्तियारद्वारा ४ घण्टा बयान, अर्थमन्त्रालयले नै अख्तियारलाई छानवीन गर्न फाइल पठाएको पुष्टीः २५ करोडको सफ्टवेयरलाई ७० करोड बजेटः गर्भनर अधिकारीद्वारा संरक्षण

नेपालमा पदमा पुगेपछि कति बदमासी हुन्छ भन्ने कुराको पछिल्लो उदाहरण हो नेपाल बैंक भित्रको सफ्टवेयर खरिद प्रकृया भन्दा अब फरक पर्दैन । आर्थिक बजार न्यूजडटकमले गत पुष २५, २०७९ मा “नेपाल बैंकद्वारा १० करोड भन्दा बढि कोर बैकिङ्ग आईटी सफ्वेयर खरिद गर्दै १० लाख कमिशनको मोलमलाई अध्यक्ष ज्ञावली र सीइओ अधिकारीः राष्ट्र बैंक बेखबर” शिर्षकको समाचार प्रकाशन गरेको थियो । समाचार प्रकाशनपछि पंक्तिकारकै नेतृत्वमा अख्तियार र अर्थमन्त्रालयमा उजुरी दर्ता गरिएको हो भन्दा अब चाहि फरक पर्दैन । यहि उजुरीलाई अर्थमन्त्रालयले छानवीन गर्न २०७९ चैत्र ४ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्राह गरेपछि अख्तियारले २०८० असार २५ गते नै उक्त विषयमा अनुसन्धान गर्ने निर्णय गरेको थियो । नेपाल बैंकका सीइओ एवं एमाले कार्यकर्ता कृष्ण बहादुर अधिकारीले योजनाबद्धरुपमा नै पूरानो मितिको कागज–पत्र स्वीकृत गरी खामबन्दी गरेको अख्तियारले फेला पारेपछि २०८० साउन ६ गते सीइओ अधिकारीलाई ४ घण्टा अख्तियारमा बोलाएर बयान लिएको अख्तियार उच्च स्रोतले पंक्तिकारलाई बतायो । गर्भनर साब हेक्का होस् । संरक्षण नहोस् ।

नेपाल बैंकका दर्जनौ बदमासी काण्डलाई राष्ट्र बैंककै गर्भनर महाप्रसाद अधिकारीले जातको नाता देखाउदै संरक्षण गर्दै आएको राष्ट्र बैंकका एक सञ्चालकले नाम नलेख्ने शर्तमा पंक्तिकारलाई बताए । नेपाल बैंकका अध्यक्ष गंगा प्रसाद ज्ञावली कै निर्दैशनमा सीइओ कृष्ण बहादुर अधिकारीले २५ करोड हाराहारी पर्ने कोर बैकिङ्ग सफ्वेयरलाई ७० करोड बजेट छुट्याएर जनताको पैसामा आँखा गाडेपछि यो काण्ड अर्थमन्त्रालय हुँदै अख्तियार पुगेको हो भन्दा अब चाहि फरक पर्दैन ।

आर्थिक बजार न्यूजडटकमले २ वर्षदेखि नेपाल बैंक भित्र भएका ग्राहकको पैसा चोरी काण्ड देखि कोर बैकिङ्ग सफ्टवेयर खरिद लगायतका दर्जनौ समाचार पाठक सामु पस्कदै आएका थियौ । भनिन्छ “पानी धेरै उम्लेपछि पोखिन्छ” । यस्तै भएको छ । नेपाल बैंकमा भन्दा फरक पर्दैन गर्भनर महाप्रसाद अधिकारीज्यू । नेपाल बैंकका दर्जनौ बदमासी काण्डलाई राष्ट्र बैंककै गर्भनर महाप्रसाद अधिकारीले जातको नाता देखाउदै संरक्षण गर्दै आएको राष्ट्र बैंकका एक सञ्चालकले नाम नलेख्ने शर्तमा पंक्तिकारलाई बताए । नेपाल बैंकका अध्यक्ष गंगा प्रसाद ज्ञावली कै निर्दैशनमा सीइओ कृष्ण बहादुर अधिकारीले २५ करोड हाराहारी पर्ने कोर बैकिङ्ग सफ्वेयरलाई ७० करोड बजेट छुट्याएर जनताको पैसामा आँखा गाडेपछि यो काण्ड अर्थमन्त्रालय हुँदै अख्तियार पुगेको हो भन्दा अब चाहि फरक पर्दैन । गर्भनर साब । हेक्का होस् । सफ्टवेयर खरिद प्रकृयाको घोटला काण्ड रोचक मात्रै छैन बैंकका डिसिइओ समाता पन्त (भट्ट), कम्पनी सचिव केशव प्रसाद भण्डारी, चिफ फाइनान्स अफिसर हेम बहादुर खड्का, चिफ अपेरसन अफिसर विष्णुराज बराल, चिफ एडमीन एवं नाताले सीइओको भाइ पर्ने प्रकाश कुमार अधिकारी लगायतले योजनाबद्धरुपमा सफ्वेयर खरिद प्रकृयामा सबै नक्कली टेण्डर गरि घोटला गर्ने योजना बनाएको फेला परेको छ । भन्दा फरक पर्दैन । गर्भनर महाप्रसाद अधिकारीज्यू हेक्का होस् ।

बजार मूल्यभन्दा दोब्बरमा कोर बैंकिङ प्रणाली सम्बन्धी सफ्टवेयर खरिद प्रक्रिया अघि बढाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्पष्टीकरण सोधी कागजात मगाएर अनुसन्धान मात्रै गरेका छैन सीइओ अधिकारीलाई ४ घण्टा बयान समेत लिएको भेटिएको छ । जनताको रगत र पसिनाबाट जम्मा भएको पैसामा आँखा गाड्ने अधिकारी सिइओ अधिकारीलाई छैन ।

गत २०७९ पुसमा नै आर्थिक बजार न्यूजडटकमले समाचार प्रकाशन गर्दा सीइओ अधिकारीले पटक÷पटक टेलिफोन गरि समाचार हटाउन धम्की दिएका थिए । तर, हामीले हामीसंग भएको कागजात भित्र रहेर नै समाचार दिएका थियौ र फेरि पनि दिएका छौं । भनिन्छ नेपाल बैंक लिमिटेडले सुरु गरेको सफ्टवेयर खरिद प्रक्रिया सुरुमै विवादमा परेको छ । बजार मूल्यभन्दा दोब्बरमा कोर बैंकिङ प्रणाली सम्बन्धी सफ्टवेयर खरिद प्रक्रिया अघि बढाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्पष्टीकरण सोधी कागजात मगाएर अनुसन्धान मात्रै गरेका छैन सीइओ अधिकारीलाई ४ घण्टा बयान समेत लिएको भेटिएको छ । जनताको रगत र पसिनाबाट जम्मा भएको पैसामा आँखा गाड्ने अधिकारी सिइओ अधिकारीलाई छैन । हेक्का होस् । अख्तियारले २५ असार, २०८० मा यसबारे अनुसन्धान गर्ने निर्णय गरेर नेपाल बैंक लिमिटेडको केन्द्रीय कार्यालयमा पत्र लेखेर कोर बैंकिङ प्रणाली खरिदको औचित्य पुष्टि हुने कारण र आधारसहित राय प्रतिक्रिया र कागजात उपलब्ध गराउन निर्देशन दिएको थियो भने कागजात अध्ययन गर्ने काम भएपछि सीइओ अधिकारीलाई बयान लिने काम भएको छ । अख्तियार उच्च स्रोतले पंक्तिकारसंग दाबी ग¥यो ।’ गर्भनर महाप्रसाद अधिकारीज्यू हेक्का होस् । हिम्मत छ भने तपाईले पनि छानवीन गर्नुहोस् । तपाई नियमक निकाय राष्ट्र बैंकको गर्भनर पनि हो कि कसो ? गर्भनर महाप्रसाद अधिकारीज्यू हेक्का होस् ।

नेपाल बैंकले सफ्टवेयर खरिद गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो । त्यसमा फर्म/परामर्शदाताको योग्यता र अनुभव अन्तराष्ट्रिय विज्ञ हुनुपर्ने भनी तोकिएकोमा त्यस अनुसारको आवेदन नै परेको थिएन । यो समाचार आर्थिक बजार न्यूजडटकमले त्यसबेला नै प्रकाशित गरेको थियो ।

हाम्रो आर्थिक बजार न्यूजडटकमकै नेतृत्वमा अर्थमन्त्रालयमा उजुरी परेको थियो, जुन फाइल उसले अख्तियार पठाइसकेको छ । ‘व्यवस्थापनले योजनाबद्ध रुपमा सफ्टवेयर खरिद प्रक्रिया बढाएको र त्यसले मुलुकको पहिलो बैंकलाई ठूलो आर्थिक नोक्सानी हुने भनी यहाँ उजुरी परेको थियो । त्यससम्बन्धी सबै विवरण अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको देखिन्छ । हेक्का होस् ।’ नेपाल बैंकले सफ्टवेयर खरिद गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो । त्यसमा फर्म÷परामर्शदाताको योग्यता र अनुभव अन्तराष्ट्रिय विज्ञ हुनुपर्ने भनी तोकिएकोमा त्यस अनुसारको आवेदन नै परेको थिएन । यो समाचार आर्थिक बजार न्यूजडटकमले त्यसबेला नै प्रकाशित गरेको थियो । गर्र्भनर साब हेक्का होस् । समाचारमा भनिएको थियो ‘अन्तर्राष्ट्रिय अनुभव नै नभएका जनशक्ति प्रस्ताव गर्ने प्रस्तावदातालाई अंक दिई उत्तीर्ण गराई त्यस्ता परामर्शदाताहरुको सूची प्रकाशित गरी बदनियतपूर्वक ढंगले छनौट गरेको देखिन्छ । यो कस्तो नक्कली नियुक्ती हो गर्भनर साब । अन्तर्राष्ट्रिय अनुभव नै नभएको जनशक्ति प्रस्ताव गर्ने फ्लो कम्पनीलाई बैंक अध्यक्ष ज्ञावली, सीइओ अधिकारी र उच्च कर्मचारीहरुको मिलेमतोमा छनौट गरिएको देखिन्छ । कागजात मिलाउने क्रममा पुरानो मिति राखेर सच्याइएको भेटिएको छ । हेक्का होस् ।

खरिद गुरुयोजनामा एकजना खरिदविज्ञ र अर्का एकजना सूचना प्रविधि विज्ञ गरी दुई स्वतन्त्र विज्ञ नियुक्त गर्नुपर्ने प्रावधान छ । बैंकले दुईजनालाई सफ्टवेयर खरिदको विज्ञको रुपमा बोलाएको थियो । उनीहरुले सुरुमै प्रक्रियामा प्रश्न उठाएका थिए । पछि अख्तियारले समेत छानबिन थालेपछि शंकर श्रेष्ठ र समीर भट्टराई आफूहरु व्यस्त भएकाले खरिद प्रक्रियाको बैठकहरुमा संलग्न हुन नसक्ने जवाफ दिएको भेटिएको छ ।

नेपाल बैंक लिमिटेड उच्च स्रोतले पंक्तिकारसंग भन्यो सफ्टवेयर खरिद प्रक्रियामा अख्तियारले समेत छानबिन थालेको छ । अख्तियारको पत्रपछि जवाफ दिने र कागजात पठाउने काम बैंकले गरेको छ नि भूपेन्द्र । सफ्टवेयर खरिदमा नेपाल बैंक लिमिटेडको खरिद गुरुयोजना २०७९ विपरीत काम भएको भेटिएको अख्तियारको उच्च स्रोतले बतायो । खरिद गुरुयोजनामा एकजना खरिदविज्ञ र अर्का एकजना सूचना प्रविधि विज्ञ गरी दुई स्वतन्त्र विज्ञ नियुक्त गर्नुपर्ने प्रावधान छ । बैंकले दुईजनालाई सफ्टवेयर खरिदको विज्ञको रुपमा बोलाएको थियो । उनीहरुले सुरुमै प्रक्रियामा प्रश्न उठाएका थिए । पछि अख्तियारले समेत छानबिन थालेपछि शंकर श्रेष्ठ र समीर भट्टराई आफूहरु व्यस्त भएकाले खरिद प्रक्रियाको बैठकहरुमा संलग्न हुन नसक्ने जवाफ दिएको भेटिएको छ । यसैबाट पुस्टी हुन्छ आर्थिक चलखेल कसरी भएको रहेछ भनेर ।

 

दुवै विज्ञले अन्तराष्ट्रिय अनुभव नभएका आशयपत्रदातालाई छनौट गर्न नमिल्ने राय दिएर फरक मत राखे । उनीहरुले मूल्यांकन समितिको सिफारिस नियमसंगत नभएको भन्दै माइन्यूटमा दस्तखत गर्न समेत नमानेको कपी आर्थिक बजारन्यूज डटकमसंग सुरक्षीत छ । त्यसपछि नेपाल बैंकका नालायक सीइओ अधिकारीले ती विज्ञहरु हटाई बैंकभित्रबाट मूल्यांकन समिति गठन गरी खरिद प्रक्रिया अघि बढाउन गुरुयोजना संशोधन गरिएको देखिन्छ ।’ यो लुटको नयाँ तरिका नभए के हो गर्भनर साब ?

नेपाल बैंकका नालायक सीइओ अधिकारीले ती विज्ञहरु हटाई बैंकभित्रबाट मूल्यांकन समिति गठन गरी खरिद प्रक्रिया अघि बढाउन गुरुयोजना संशोधन गरिएको देखिन्छ ।’ यो लुटको नयाँ तरिका नभए के हो गर्भनर साब ? खरिद प्रक्रियाको फाइल हेरेका अख्तियार स्रोतका अनुसार, नेपालका निजी बैंकहरुले २०÷२५ करोड रुपैयाँको हाराहारीमा खरिद भइरहेको भनी विवरण नै अख्तियारमा पेश भएको छ

खरिद प्रक्रियाको फाइल हेरेका अख्तियार स्रोतका अनुसार, नेपालका निजी बैंकहरुले २०÷२५ करोड रुपैयाँको हाराहारीमा खरिद भइरहेको भनी विवरण नै अख्तियारमा पेश भएको छ । तर सफ्टवेयरका लागि नेपाल बैंक लिमिटेडले ७० करोड रुपैयाँको बजेट छुट्याएको देखिन्छ । यो पहिलो घोटलाको भित्री कडी हो नि अख्तियार उच्च स्रोतको दाबी छ । बैंकले लागत अनुमान नै स्वीकृत नगराई बजार मूल्यभन्दा दोब्बर बजेट निकासा गरेको हामीलाई प्राप्त कागजातबाट देखिन्छ । गर्भनर साब हेक्का होस् । नेपाल बैंकका नालायक सीइओ अधिकारीलाई नेपाल सरकारले तत्कालै बर्खास्त गरि नयाँ सीइओ नियुक्त गर्नु पर्दछ कि पर्दैन जब की उनीलाई अख्तियारले बयान समेत लिएको छ भन्दा फरक पर्दैन । सचेत भया ।

 

3940
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका