जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बढ्न सक्छ एनआइसी एशियाको सेयर मूल्य

बढ्न सक्छ एनआइसी एशियाको सेयर मूल्य

एनआईसी एशिया बैंकले गत वर्ष अघिल्लो वर्षको भन्दा १२८. ७४ प्रतिशतले वृद्धि गरि ३ अर्व ५ करोड ३३ लाख रुपैयाँ नाफा कमायो । बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेको छैन । त्यसैले गत असार मसान्तसम्मकै वित्तीय विवरणलाई आधार मानेर विश्लेषण गर्नुपर्ने हुन्छ । यो आलेखमा पनि ०७६ असार मसान्तसम्मको तथ्यांक र त्यसअघिका वर्षहरुको तथ्यांकलाई केलाएर गरेर आगामी दिनमा बैंकको प्रफर्मेन्स कस्तो होला र बैंकको सेयर किन्ने सेयरधनीलाई नाफा/घाटा के हुनसक्छ भनेर विश्लेषण गरिएको छ ।

अघिल्लो आर्थिक वर्ष एनआईसी एशियाले १ अर्व ३३ करोड ४८ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकको नाफा वृद्धि हुनुको पछाडी खुद ब्याज आम्दानी, फि तथा कमिसनमा क्रमश ६५.३३ र ७८.७९ प्रतिशतले वृद्धि प्रमुख कारण हो । चौथो मसान्तसम्म २६.६७ प्रशिशतले बचत संकलन बढाएको यस बैंकले २३.१२ प्रतिशतले कर्जा लगानी बढाएको हो । बैंकको खुद ब्याज आम्दानी ६ अर्ब ९६ करोड रुपैयाँ छ । १९ अर्ब ३४ करोड ५५ लाख रुपैयाँ ब्याज आम्दानी गरेको बैंकले १२ अर्ब ३८ करोड ५५ लाख रुपैयाँ ब्याज खर्च गरेको हो ।

चौथो मसान्तसम्म १ खर्ब ७६ अर्ब ८२ करोड ६ लाख निक्षेप संकलन गरि १ खर्ब ४२ अर्ब ५८ करोड २७ लाख कर्जा परिचालन गरेको छ । गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस शेयर तथा १० प्रतिशत नगद गरि कुल २१.०५ प्रतिशत लाभांश वितरण गरेर चुक्ता पूँजी १० प्रतिशतले वृद्धि रहँदा पनि बैंकको प्रतिशेयर आम्दानी बढेको छ ।

चुक्ता पूँजी ८ अर्ब ३ करोड ११ लाख रुपैयाँ रहेको बैंकको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ६२ पैसाबाट ३४ रुपैयाँ ५६ पैसामा बढेको हो । बैंकको जगेडा कोष २ अर्ब ६९ करोड ५६ लाख रहेकोमा ४३.९५ प्रतिशतले बढेर हाल ३ अर्ब ८८ करोड ४ पुगेको छ । त्यस्तै रिटेंग अर्निंग पनि १३८.५५ प्रतिशतले बढेर २ अर्व २५ करोड ११ लाख पुगेको छ । गत आव सोहो अवधिमा ९४ करोड ३६ लाख ५४ हजार रुपैंया थियो ।

एनआईसी एशिया बैंकको इम्पेरिमेन्ट चार्ज भने २ गुणाले बढेको छ । बैंकको इम्पेरिमेन्ट चार्ज अर्थात् जोखिम व्यवस्थापन कोषमा ३० करोड ४८ लाख ३१ हजारबाट ५९ करोड १ लाख रुपैंया पुगेको छ । गत वर्षको असार मसान्तमा ११.५० प्रतिशत रहेको एनआईसी एशिया बैंकको आधार ब्याजदर ९.४८ प्रतिशतमा झरेको छ भने कोषको लागत ७.८४ बाट ६.९७ प्रतिशतमा घटेको छ । बैंकको आफ्नो खराब कर्जा भने ०.४० अनुपात बढेको छ ।

गत आर्थिक वर्षको १२ महिना अवधिमा बैंकमा ०.०६ प्रतिशत खराब कर्जा अनुपात रहेकोमा यस वर्ष चौथो त्रैमासमा बढेर ०।४६ प्रतिशतमा बढेको छ । बैंकको सिसिडी अनुपात ७४.८४ प्रतिशत, प्रतिशेयर नेटवर्थ १६९ रुपैयाँ ४१ पैसा र मूल्य आम्दानी अनुपात १२.९६ गुणा रहेको छ । यस्तै पूँजीकोष अनुपात १२.४८ बाट १३.४८ प्रतिशतमा बढेको छ । ब्याज दर स्प्रेड ०.३६ प्रतिशतले घटेर ४.४१ प्रतिशतमा पुगेको छ ।

5960
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका