जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • ६ चिनियाँ र ३ नेपाली नागरिक कारागार चलान

आर्थिक विशेष

६ चिनियाँ र ३ नेपाली नागरिक कारागार चलान

६ चिनियाँ र ३ नेपाली नागरिक कारागार चलान

नेपालका ७ वटा बैंकमा भदौ दोस्रो साता भएको एटीएम ह्याकिङ प्रकरणमा संलग्न ६ जना चिनियाँ नागरिकलाई अदालतलले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

उच्च अदालतका न्यायाधीश रामप्रसाद ओली र किरण पौडेलको इजलासले उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । आदेशपछि काठमाडौं प्रहरीले पक्राउ गरेका चेन विक विन, क्यु याङयिङ, लु जियालिङ, लिन जिनमि र लिओ जाइलेई नख्खु कारागार चलान गरिएको छ ।

प्रकरणमा मुछिएका नेपाली नागरिक रोशनप्रसाद प्रधान र रेवती दुवाडीलाई २६ लाख रुपैयाँ र देवनाथ लामिछानेलाई ३० लाख रुपैयाँ धरौटी माग गरिएको छ । तर, धरौटी बुझाउन नसकेपछि उनीहरुलाई पनि थुनामा पठाइएको काठमाडौं प्रहरीका डीएसपी होविन्द्र बोगटीले  बताए ।

उनीहरुले प्रलोभनमा चिनियाँ नागरिकले ल्याइएको पैसा साटेको आरोप थियो । प्रहरीका अनुसार यो बैंक ह्याक भएपछि रकम चोर्दाचोर्दै अभियुक्त समातिएका घटना विरलै भेटिन्छन् । त्यसमध्येको यो प्रकरण पनि भएको प्रहरी बताउँछ ।

घटनामा अन्तर्राष्ट्रिय निकाय मास्टर कार्ड, भिसा कार्ड, युनियन पे इन्टरनेश्नल लगायतले पनि चासो देखाएको थियो । अनुसन्धानका लागि अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) ले पनि सहयोग गरेको थियो ।

 

8100
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका