जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • सेञ्चुरी बैंकको नाफामा छलाङ

कर्पाेरेट

सेञ्चुरी बैंकको नाफामा छलाङ

सेञ्चुरी बैंकको नाफामा छलाङ

सेञ्चुरी बैंकले नाफामा छलाङ मारेको छ । बैंकले गतवर्षको भन्दा ९ करोड ६८ लाख रुपैयाँले नाफा सुधार गर्दै अन्य बाणिज्य बैंकहरुकै तहमा पुगेको छ।
बैंकले तीन महिनामा ३७ करोड ८ लाख रुपैयाँ नाफा आर्जन गरेको हो। यहि हिसावले बैंकले यस वर्ष अर्ब रुपैयाँ भन्दा माथि नाफा गर्ने देखिएको हो।

खुद व्याज आम्दानी ११.४६ प्रतिशतले सुधार गर्दै तीन असोजसम्ममा ७८ करोड चार लाख रुपैयाँ आर्जन गरेको छ। असार यता निक्षेप संकलन १।६० प्रतिशतले बढेको छ भने कर्जा विस्तार २.८२ प्रतिशत छ।

तीन महिनाको अवधिमा ६१ अर्ब २४ करोड रुपैयाँ निक्षेप संकलन गरी ५८ अर्ब ५४ करोड रुपैयाँ ऋण लगानी गरेको छ। चुक्ता पुँजी ८ अर्ब ४१ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा एक अर्ब २८ करोड रुपैयाँ जम्मा गरेको छ।

पुँजीकोष अनुपात १३।९७ प्रतिशत छ। खराब कर्जा अस्वाभाविक रुपमा बढेको छ। गत वर्ष ०।८२ प्रतिशत रहेको खराव कर्जा यस वर्ष बढेर २।४७ प्रतिशत छ। प्रतिशेयर आम्दानी १३ रुपैयाँबाट १७ रुपैयाँ पुगेको छ

9760
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?