जोडिनुहोस
बिहिबार, बैशाख ४, २०८२
बिहिबार, बैशाख ४, २०८२

हालको खबर


आर्थिक विशेष

कर्जाको ब्याज घट्दै

कर्जाको ब्याज घट्दै

गत वर्षको तुलनामा चालु आर्थिक वर्षको प्रथम त्रैमासमा बैंहरुको निक्षेपको वृद्धिदर बढेको छ । गत वर्षको प्रथम त्रैमासमा २.४ प्रतिशतले मात्रै बढेको बैंकहरुको निक्षेप यो वर्ष ३ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

तर बैंकहरुको कर्जा लगानीको वृद्धिदर भने गत वर्षको तुलनामा संकुचन आएको छ । गत वर्षको प्रथम त्रैमासमा ७.२ प्रतिशतले कर्जा विस्तार गरेका बैंकहरुले यो वर्ष भने ४.३ प्रतिशतले मात्रै कर्जा विस्तार गरेका छन् । बैंकहरुको निक्षेपको वृद्धिर बढी र कर्जाको वृद्धिदरमा संकुचन आउँदा पनि निक्षेपको तुलनामा कर्जाकै वृद्धिदर बढी रहेको छ ।

तर वार्षिक बिन्दुगत आधारमा भने कर्जाको भन्दा निक्षेपको वृद्धिदर बढी रहेको तथ्याङकले देखाउँछ । एक वर्षको अवधिमा बैंकहरुको निक्षेप १८.६ प्रतिशतले वृद्धि हुँदा कर्जा भने १६.२ प्रतिशतले मात्रै बढेको छ । यसले वित्तीय क्षेत्रको कर्जा लगानीमा सुस्तता आएको तथा वित्तीय क्षेत्रमा सन्तुलन कायम हुँदै गएको देखाउँछ ।

धितो कर्जामा वृद्धि

राष्ट्र बैंकका अधिकारीले अब धितोमा कर्जा प्रवाह गर्ने समयको अन्त्य हुने बताइरँदा बैंकहरुको घर जग्गा धितोमा दिने कर्जाको हिस्सा भने बढ्दै गएको छ । असोज मसान्तसम्म बैंकहरुले प्रवाह गरेको कुल कर्जामा ६४.४ प्रतिशत कर्जा घरजग्गाको धितोमा र १३.७ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको राष्ट्र बैंककै तथ्याङकले देखाउँछ । २०७५ असोज मसान्तमा घरजग्गाको धितोमाप्र वाह हुने कर्जा ६३.१ प्रतिशत र कृषि तथा गैर–कृषिजन्य वस्तुको आधारमा प्रवाह हुने कर्जा १४.४ प्रतिशत रहेको थियो ।

बढ्दै कृषि कर्जा

३ महिनामा बैंकहरुले कृषि क्षेत्रमा प्रवाह गर्ने कर्जा १ खर्ब ९७ अर्ब ३३ करोड पुर्याएका छन् । यस्तै औद्योगिक उत्पादन क्षेत्र तर्फको कर्जा ५.४ प्रतिशतले बढाएर ५ खर्ब ४ अर्ब ६३ करोड, निर्माण क्षेत्रतर्फको कर्जा ४.४ प्रतिशतले बढाएर ३ खर्ब २२ अर्ब ९७ करोड, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ५.४ प्रतिशतले बढाएर १ खर्ब ८६ अर्ब ३४ करोड पुर्याएका छन् भने सेवा उद्योग क्षेत्रतर्फको कर्जा ६.३ प्रतिशतले बढाएर २ खर्ब ६० अर्ब ३५ करोड पुर्याएका छन ।

पुर्नकर्जा र सहुलियत कर्जा

बैंकर ब्यवसायीले पुर्नकर्जालाई भने प्राथमीकता नदिएको नेपाल राष्ट्र बैंकको तथ्याङकले देखाउँछ । गत आर्थिक वर्षमा राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा मार्फत ब्यावसायीको मागलाई सम्बोधन गर्दै पुर्नकर्जा कोषलाई २५ अर्बबाट ५० अर्बको बनाएको थियो । तर उत्पादनशील गतिविधि तथा निर्यातलाई प्रोत्साहित गर्ने उद्देश्यले सहुलियतदरमा प्रदान गरिदै आएको पुर्नकर्जा २०७६ असोज मसान्तमा १४ अर्ब ६२ करोड लगानी भएको छ । जसमा साधारण पुर्नकर्जा १२ अर्ब १० करोड र निर्यात पुर्नकर्जा ५० करोड २८ लाख मात्रै उपयोग भएको छ ।

पुर्नकर्जा जस्तै सहुलियत कर्जा पनि प्रभावकारी बन्न नसकेको त्थ्याङकले देखाउँछ । विभिन्न कागजी प्रक्रियामा हुने झन्झट तथा उपयुक्त ब्यवसायिक योजनाको अभावमा सहुलियत कर्जा प्रभावकारी बन्न नसकको सरोकारवाला बताउँछन् । २०७६ असोज मसान्तसम्ममा २०७३ बाट नै सुरु भएको कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत १८ हजार ८ सय ५ जनाले ३८ अर्ब २० करोड कर्जा चलाएका छन् भने अन्य ६ वटा शिर्षकमा प्रदान हुने कर्जामा १ हजार ८ सय ५४ जनाले १ अर्ब १० करोड रुपैयाँ लिएका छन् । नेपाल राष्ट्र बैंकले २०७५ मा सहुलियत कर्जा सम्बन्धी कार्यविधि जारी गर्दै विभिन्न सात प्रकारको कर्जामा ५ प्रतिशत ब्याज अनुदान दिने बताएको थियो ।

बचतको ब्याज बढ्दा कर्जाको घट्दै

बैंकहरुले गत असार मसान्तको तुलनामा असोज मसान्तमा बचतको ब्यादर बढ्दा पनि कर्जाको ब्याजदर घटाएका छन । राष्ट्र बैंकले बैंकहरुको ब्याजदर अन्तर (स्प्रेड रेट)मा गरेको कडाईका कारण बैंकहरुलाई निक्षेपको ब्याजदर बढाउँदा पनि कर्जाको ब्याजदर घटाउन दबाब परेको हो ।

असार मसान्तमा ९.५७ प्रतिशत रहेको बैंकहरुको आधार दर राष्ट्रिय वाणिज्य जस्तो ठुलो निक्षेप र कर्जा भएको बैंकको १ प्रतिशतले वृद्धि हुँदा पनि समान्य घटेर ९.५६ प्रतिशत कायम भएको छ । २०७६ असारमा ६.६ प्रतिशत रहेको वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर असोजमा ६.७५ प्रतिशत पुगेको छ भने असारमा १२.१३ प्रतिशत रहेको कर्जाको भारित औसत ब्याजदर असोजमा ११.९८ प्रतिशतमा सिमित भएको छ । यस्तै गत असार मसान्तमा ५.५३ प्रतिशत रहेको वाािण्ज्य बैंकहरुको औषत ब्याजदर अन्तर असोजमा घटेर ५.२३ प्रतिशत कायम भएको छ । नेपाल राष्ट्र बैंकले २०७७ असार मसान्तसम्मा बैंकहरुलाई ब्याजदर अन्तर ४.४ प्रतिशत कायम गर्न निर्देशन दिइसकेको छ

8665
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका