जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • भृकुटीमण्डपमा ‘जुत्ता चप्पल व्यापार मेला ७० प्रतिशसम्म छुट

भृकुटीमण्डपमा ‘जुत्ता चप्पल व्यापार मेला ७० प्रतिशसम्म छुट

नेपाली जुत्ताघरको आयोजनामा भृकुटीमण्डपस्थित ठूलो चौरमा आयोजना भैरहेको ‘जुत्ता चप्पल व्यापार मेला २०७६’ भैरहेको छ ।
नेपालको प्रख्यात ब्राण्डका बलिया, सस्तो र आकर्षक चुत्ताचप्पलहरु एउटै छानामुनी पाइनेभएपछि चुत्ताचप्पल किन्ने ग्राहकको भीड लागेको हो । यही मंसिर ६ गतेदेखि मेलामा नेपालका चर्चित ब्राण्डहरु बिएफ डियर हिल सुज, रन सुज, शिखर सुज, शुल्याण्ड र ल्याण्डवाक सुजका जुत्ताचप्पल उपलब्ध छन् ।

मेलामा नेपालका चर्चित मुख्य ब्राण्डहरुका चुत्ताचप्पलहरु बलियो, आकर्षण र सस्तोमा राखिएकोले ग्राहकहरुको भीड लागेको रन सुजका प्रबन्ध निर्देशक रुद्र न्यौपानले बताए । ‘मेलाको उदेश्य भनेको ग्राहक महानुभावको सन्तुष्टि हो, त्यही सन्तुष्टि दिनसफल भएकाले यो मेला ग्राहकमहानुभावको आकर्षणमा परेका छ’ रन सुजका प्रबन्ध निर्देशक न्यौपानले सुनाए ।

मेलामा २ सय ५० रुपैयाँदेखिका चप्पल र ५ सय रुपैयाँदेखि जुत्ता उपलब्ध छन् । मेलामा ७० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।
उपभोक्ताले जुत्ताचप्पल किन्दा ब्राण्ड हेरेर किन्नु पर्ने बिएफ डियर हिल सुजका अध्यक्ष होमनाथ उपाध्यायले बताउनुभयो । मेलामा विवाहका सिजनलाइ लक्षित थरीथरीका पार्टीसुजसमेत उपलब्ध भएको उपाध्यायले जानकारी दिए ।

मेलामा नेपालमा चलेका प्रतिष्ठित ब्राण्डका जुत्ताचप्पल एउटै छानामुनि छानेर किन्ने अबसर उपलभोक्ताले पाएका छन् । मेलामा महिला र पुरुष दुवैका लागि हुने १ हजारभन्दा बढी मोडलका जुत्ताचप्पल उपलब्ध छन् । मेलामा लगन, पार्टी, स्पोर्टस, क्याजुअल, स्कुल, कार्यालयका युनिफर्म जुत्ता, महिलाले लगाउने चप्पल, जिएमएस बुटलगायत सबै प्रकारका जुत्ताचप्पल छन् । मेलामा महिलापुरुष दुवैका लागि सिजनल बुटहरु आकर्षण हुने छन् ।

जाडोमा जुत्ताचप्पल किन्ने उपभोक्तालाई लक्षित गरी मेला आयोजना गरिएको शिखर सुजका अध्यक्ष प्रबन्ध निर्देशक रामकृष्ण प्रसाइले बताए । ‘उपभोक्तालाई चर्चित ब्राण्डका न्यानो खालका जुत्ता एउटै छानोमुनि सस्तोमा किन्ने यो मेला अभूतपूर्व अबसर हो,’ प्रसाइले भने । जुत्ता उत्पादक कम्पनीले हिउँदंलाई लक्षित गरेर उत्पादन गरेका नयाँ मोडलका जुत्ताचप्पल समेत उपलब्ध छन् ।

15655
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका