जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • एनआईसी एशिया बैंकबाट कुनै पैसा चोरी भएको छैन

अन्तरवार्ता

एनआईसी एशिया बैंकबाट कुनै पैसा चोरी भएको छैन

रोशन कुमार न्यौपाने, सीइओ, एनआईसी एशिया बैंक

एनआईसी एशिया बैंकबाट कुनै पैसा चोरी भएको छैन

नेपालको बैकिङ्ग क्षेत्रमा एकपछि अर्को चोरीका घटना घट्न शुरु भएको देखिन्छ । चिनीया ह्याकरहरुले एटिएम प्रयोग गरि पैसा चोरी भएका घटना सेलाउन नपाउँदै नेपालीबाटै अर्को व्यक्तिको चेक बनाई नक्कली हस्ताक्षरमा लाखै पैसा चोरी भएका घटना सार्वजनिक भएका छन् ।
नेपालको सबैभन्दा बढि शाखा सञ्जाल र डिपोजिट भएको एनआईसी एशिया बैंकको कति पैसा चोर िभयो त ? प्रहरील बरामत गरेको चेकका पोका हेर्दा तपाईकै बैंकका बढि देखिन्छ । जस्ता प्रश्न आर्थिक बजार न्यूज डटकमका सम्पादक भूपेन्द्र आचार्यले गरेको प्रश्नमा एनआईसी एशिया बैंकका सीइओ रोशन कुमार न्यौपानेको उत्तर थियो ।

केही चेक बुक हामीले पनि फोटोहरुमा देख्यौ । तर, हाम्रो बैंकबाट कसैको पैसा चोरी भएको छैन ढुक्क भए हुन्छ । ठूलो र आक्रमक रुपमा अगाडी बढेको हाम्रो बैंकको बारेमा राम्रा नराम्रा कुरा सधैं आउने गरेका छन् । हामी सत्य बोल्दैछौं । ग्राहक लगानीकर्ता डिपोजिटकर्ता ढुक्क भए हुन्छ । हाम्रो बैंकमा पैसा चोरी भएकै छैन ।

पछिल्लो वर्षको ३ महिनामा नाफामा तेस्रो बनेको डिपोजिटमा १ नम्बर बनेको तपाईको बैंकमा कर्मचारीहरुकै सलग्नतामा चेकबुक बनाएको शंका प्रहरीको छ नि भनी गरेको अर्को प्रश्नमा सीइओ न्यौपानेले भनेः शंका भए छानबीन हुनु पर्दछ । हामीले पनि छानवीन ग¥यो । प्रहरी कहाँ पनि गयो । राष्ट्र बैंकमा पनि गयौं ।

यति धेरै बैंकका चेक बुक फेला परेका छन् । कसरी कस्तो भयो । त्यो छानजीन हुनु जरुरी छ हुनु पर्दछ ।
पछिल्लो समय सबै सूचकहरुमा अब्बल रहदै आएको तपाईमा बढि सेवा शुल्क लिएको गुनासाहरु पनि बजारमा आएका छ नि । भनी सोधीएको अर्को प्रश्नमा सीइओ रोशन कुमार न्यौपानेले भनेः– हामीले नियमन निकाय नेपाल राष्ट्र बैंकले तोकेको शुल्क लिएका छौं । बदनाम गराउन व्यक्तिहरु लागि परेका छन् । बदमासी हामीबाट भएको छैन ।

शाखा सञ्जालमा नेपालकै ठूलो तपाईको एनआईसी एशिया बैंकमा कर्मचारी निश्कासन गरेको कुरा पनि चर्चामा आएको थियो नि भनि गरिएको अर्को प्रश्नमा सीइओ रोशन कुमार न्यौपानेले प्रस्टै भनेः– कर्मचारी लिने प्रकृया होला लिखित, मैखिक प्रक्रिया होलान । करारमा काम गर्नु भएका केही कर्मचारीलाई दिँदा दिएको सत्य हो । अरु कुनै कर्मचारी हटाएकै छैन नि ।

9340
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका