जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • वल्र्ड ट्रेड गु्रपका अध्यक्ष पोखरेल मोष्ट एम्बिसस सिईओ अवार्डद्धारा सम्मानित

वल्र्ड ट्रेड गु्रपका अध्यक्ष पोखरेल मोष्ट एम्बिसस सिईओ अवार्डद्धारा सम्मानित

वल्र्ड ट्रेड गु्रपका अध्यक्ष शम्भु पोखरेल मोष्ट एम्बिसस सिईओ अवार्डद्धारा सम्मानित भएका छन् । सिईओ क्लब नेटवर्कले युएईमा आयोजना गरेको एक कार्यक्रममा सो सम्मान गरिएको हो । रस अल खाईमा चेम्बर अफ कमर्श एण्ड ईन्डष्ट्रिजले आयोजना गरेको एनुअल सिईओ क्लब डिनर कार्यक्रममा पोखरेललाई सो सम्मान गरिएको हो । पोखरेललाई युएईको रस अल खाईमा चेम्बर अफ कमर्शका अध्यक्ष मोहम्मद अली मुसावी अल नाओमीले सो अवार्ड हस्तान्तरण गरेका हुन् ।

विश्वप्रसिद्ध कम्पनीका सिईओहरुका विच पोखरेललाई सो सम्मान प्रदान गरिएको हो । विश्वकै सबैभन्दा ठुलो विजनेश नेटवर्कका रुपमा परिचित सिईओ क्लब नेटवर्कले पोखरेल लगाएत १० जना सिईओलाई विभिन्न विधामा अवार्ड प्रदान गरेको थियो । वल्र्ड ट्रेड गु्रपका अध्यक्ष पोखरेलको यो अवार्ड यस बर्षको दोश्रो अन्तराष्ट्रिय अवार्ड हो । पोखरेल ३ महिना अघिमात्र मलेशियाको क्वालालाम्पुरमा ग्लोबल स्ट्राटेजिक लिडरसिप अवार्डबाट सम्मानित भएका थिए ।

ईन्टरनेशनल मोटिभेसनल स्पिकरका रुपमा समेत परिचित पोखरेल बिजनेश टेलिभिजन नेपालका कार्यकारी अध्यक्ष समेत हुन् । सिईओ क्लबको सो कार्यक्रममा पोखरेलले ग्लोबल ईकोनोमिक सिफ्ट शिर्षकमा एउटा स्पिच पनि दिएका थिए । पोखरेलको स्पिच कार्यक्रममा सर्वाधिक रुचाईएको सिईओ क्लबका सदस्यहरुले बताएका छन् ।
त्रिभुवन विश्वविद्यालयबाट अन्तराष्ट्रिय सम्बन्धमा विद्यावारिधि गरिरहेका पोखरेलको नेतृत्वमा नेपालमा बिजनेश टेलिभिजन, ब्ल्याकहोल आईटि, काठमाण्डौं स्कुल अफ बैंकिङ एण्ड ईन्सुरेन्स लगायत दर्जन कम्पनीहरु सञ्चालनमा रहेका छन् ।

7635
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका